🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ओलम्पिकका लागि टेबलटेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने

काठमाडौं । फ्रान्समा हुने पेरिस ओलम्पिकका लागि टेबलटेनिसको दक्षिण एसियाली छनोट प्रतियोगिता नेपालमा हुने भएको छ ।

छनोट मे १३ तारिखदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिए ।

छनोटमा नेपालसहित बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ५ राष्ट्रको सहभागिता रहने छ ।

प्रत्येक राष्ट्रबाट समान २–२ पुरुष÷महिला खेलाडीले भाग लिने छन् । समान १–१ पुरुष÷महिला खेलाडीले पेरिस ओलम्पिकका लागि स्थान पक्का गर्ने छन् ।

नेपालबाट पुरुषमा संयोग कपाली र श्यान्टु श्रेष्ठ तथा महिलामा नविता श्रेष्ठ र इभाना थापाले नेपालको प्रतिनिधित्व गर्ने छन् ।
तीनदिने प्रतियोगिता सञ्चालन करिब १० लाख खर्च हुने बताइएको छ ।
०००