🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रौतहटमा बन फडानी तीब्र, बस्ती नै बसाउन थालेपछि एकजना पक्राउ

रौतहट २५ चैत । बिगतमा काठ चोरी तस्करीबाट बदनाम रौतहटस्थित सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बनक्षेत्र भित्र तिब्ररुपमा फडानी गरी ब्यक्तिगत खेत बनाउने होड चलेको छ । स्थानीयदेखि बिभिन्न जिल्लाबाट बसाई सरेर आएकाहरुले सयौं बिगाहा क्षेत्रफलमा रहेको खयर फडानी गरेर ब्यतिगत खेत बनाइसकेका छन् । 

यसैबीच, आइतबार डिभिजन बन कार्यालय रौतहटले खयर फडानी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको पूर्विभेग वृन्दावन नगरपालिका ४ हरैया गाउँका  बिल्टुराय यादवलाई बन फडानी गरेको आरोपमा पक्राउ गरिएको डिभिजन बन कार्यालय रौतहटका प्रमुख हेमन्तकुमार साहले बताएका छन् ।

जिल्ला मातहत वृन्दावन सब डिभिजन बन कार्यालय बल्लरीको गस्ति टोलिले खयरघारी फडानी गरिरहेको बेला यादवलाई पक्राउ गरेको प्रमुख साहले बताएका छन् ।

आरोपी यादवले बृन्दावन– १ स्थित पूर्वमा बागमती नदी, पश्चिम नदीको भंगालो, उत्तर खयरघारी र दक्षिण खयरघारी ऐलानी यी चारकिल्ला भित्रको करीब ५ कठा क्षेत्रफल भित्रको खयरघारी झाडी बुट्यान खुकुरीले फाँडेर वनको जग्गा अतिक्रमण गरेको प्रमुख साहले बताएका छन् ।

यादवलाई बन अतिक्रमण गरेको जग्गाको क्षेत्रफलको आधारमा कानुन बमोजिम कारबाही गरिने प्रमुख साहले जानकारी दिएका छन् । 

पछिल्लो समय वृन्दावन–१ मा रहेको बागमती नदीका बगर क्षेत्रमा बहुमूल्य खयर जातका रुखहरु धमाधम मासिंदै आएको छ । खेतीयोग्य जमिन बनाउन अवैध रूपमा खयरको रुख कटानी भइरहेको छ । वृन्दावन सब डिभिजन वन कार्यालयको वन क्षेत्रमा खयरका रुख मासेर खेतीयोग्य जमिन बनाउने क्रम तीव्र रुपमा बढिरहेको स्थानीयहरुले बताएका छन् । 

यस अघि डिभिजन वन कार्यालय रौतहटको उदासिनताका कारण वन अधिग्रहित भू–भागमा रौतहटको मात्र नभई काभ्रे, मकवानपुर, सिन्धुलीलगायत विभिन्न जिल्लाबाट आएका दर्जनौं मानिसहरुले हजारौँ हेक्टर बगर क्षेत्रलाई खेतीयोग्य जमिनमा परिणत गरिसकेका छन् । उनीहरूले खेत बनाउने नाममा काटेको हजारौं खयरको रुख गायब पारेका छन् ।

बगर फँडानी गर्नेहरुले सुरुमा खयर लगायत रुखबाट तल झरेको झारपातमा आगो लगाउने र त्यसपछि रुखहरु फाँडेर खेतीयोग्य जमिन बनाएर खेतीपाती गर्दै आएका  छन् ।