🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री ओलीको ‘डिस्चार्ज’ पछि को ‘वाक’ नै गम्भीर गल्ती 

काठमाडौं । प्रधानमन्त्री ओलीको २०७६ फागुन २१ गते बुधबार सफल मिर्गाैला प्रत्यारोपण भएसंगै नकारात्मक हल्लासमेत नियोजितरुपमा फैलाउने काम भएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अपेक्षाकृतरुपमा सुधार हुँदै जाँदा प्रत्यारोपणमा संलग्न चिकित्सकहरुले उनलाई डिस्चार्ज गर्ने सम्बन्धमा छलफल गरिरहँदा केही मिडियाले भने नियोजित रुपमै प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण गर्दा भएको घाउमा ‘संक्रमणको आशंका’ भन्ने झुठो समाचार ‘कान्तिपुर’ दैनिकले प्रकाशित गरेर प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिसंगै उनको अस्पतालबाट डिस्चार्ज हुने मितिका सम्बन्धमा समेत अन्योल सिर्जना गर्ने काम गरेको थियो । 

यसैगरी प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएर सरकारी निवास आउने क्रममा प्रधानमन्त्री ओलीका चिकित्सक र सहयोगीहरुले गरेको त्रुटिपूर्ण तथा कमजोर व्यवहारले प्रधानमन्त्री ओलीलाई स्वास्थ्यको कारण निरीह अवस्थामा देखाउने काम भएको थियो । दुईतिरबाट पाखुरामा समातेर गाडीतर्फ अगाडि बढ्दा अस्पतालको भ¥याङ्गको सिंढीको खुड्किलोमा  प्रधानमन्त्री ओलीको खुट्टाले थोरै सन्तुलन गुमाउँदाको दृश्य टेलिभिजन र युट्युवमा हालेर नकारात्मक सन्देश प्रसारण गर्ने काम समेत गरियो ।

मेजर मात्रै होइन यस्तो महामेजर अप्रेशन पश्चात जोकोही बलवानको पनि स्वास्थ्यस्थिति केही महिना कमजोर नै हुन्छ । मृर्गौला जस्तो अति नै संवेदनशील पुनप्र्रत्यारोपण गरिएका ६९ वर्षीय प्रधानमन्त्री ओलीलाई अस्पतालको बेडदेखि नै दुईपट्टी पाखुरामा समातेर मोटरसम्म पु¥याउनुको साटो ह्वीलचियरमार्फत मोटरसम्म पु¥याएर गाडी चढाएको भए प्रधानमन्त्री ओलीको स्वास्थ्य अति नै कमजोर छ भनेर विरोधीहरुले खेदो खन्ने अवसर पाउने थिएनन् । सायद प्रधानमन्त्री ओली स्वयम्ले आफू बाह्र दिनमै तंग्रिएको सकारात्मक सन्देश दिन  ह्वीलचेयरमा नबस्ने निर्णय गरेकाले दुश्मन शक्तिहरुले आलोचना गर्ने मौका छोपे कि ? 

प्रधानमन्त्री ओलीलाई कमजोर देखाउन र लामोसमयसम्म स्वास्थ्य लाभका लागि निस्क्रियरुपमा बस्नुपर्छ भन्ने आम धारणा बनाउनका लागि नै त्यो प्रपञ्च रचिएको हुनसक्ने टिप्पणी भएका छन् । 
(२०७६ चैत ३ गतेको साँघु साप्ताहिकबाट)