• शनिबार-चैत-२-२०८१

'हुकुम बक्से बमाेजिम'राप्रपाका शीर्ष नेताहरूबीच भेटघाट र छलफल 

पञ्चायती व्यवस्थासँग जोडिएका नेताहरूको संलग्नता


काठमाडाैं, २०८१ चैत १ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल भएको खबर छ।  शुपतिशमशेरकाे विजय निवास महाराजगञ्जमा भएकाे भेटघाट र छलफलमा राप्रपा पूर्वअध्यक्ष शुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पान्डे, महामन्त्री डा. धवल शमशेर राणा, तथा वरिष्ठ नेता हरि बहादुर बस्नेत र नवराज सुवेदी सहभागी थिए । 

 

बैठकमा हालको राजनीतिक परिदृश्य, राप्रपाको भूमिकाबारे रणनीति, पार्टी एकताको सम्भावना, तथा भावी योजना जस्ता विषयमा छलफल भएको स्रोतले जनाएको छ। बैठक चाहिं पूृर्व राजा ज्ञानेन्द्र शाहले ' हुकुम बक्से बमाेजिम' पञ्चहरूका वरिष्ठ नेता नवराज सुवेदीकाे समन्वयमा भएकाे स्राेत बताउछ । 

पञ्चायती व्यवस्थासँग जोडिएका नेताहरूको संलग्नता


 ८० वर्ष नाघेका बृद्ध नेता नवराज सुवेदी पञ्चायतकालको अन्तिम समयमा राष्ट्रिय पञ्चायतका अध्यक्ष तथा पञ्चायत नीति तथा जाँचबुझ समितिका अध्यक्ष समेत रहेका थिए। सुवेदीसहित अन्य नेताहरूले राप्रपाको भविष्य, संगठन सुदृढीकरण, र वर्तमान राजनीतिक अस्थिरताका विषयमा आफ्ना विचारहरू व्यक्त गरेको बताइएको छ।

 

राप्रपाको पछिल्लो रणनीति


हाल राप्रपा राजसंस्था, हिन्दू राष्ट्र पुनःस्थापना, र राष्ट्रियता बलियो बनाउने नीतिमा केन्द्रित छ । बैठकमा यी मुद्दालाई कसरी प्रभावकारी रूपमा अघि बढाउने भन्ने विषयमा छलफल भएको अनुमान गरिएको छ।

 

स्राेत  भन्छ, दरवार र पञ्चहरूकाे समन्वयकारी भूमिका निभाउने जिम्मेवारी नवराज सुवेदीले पाएका छन् । वर्तमान राजनीतिक अवस्था र  सन्दर्भमा  नेता सुवेदीकाे मुख्य जाेड चाहिं राप्रपाकाे एकतामा रहेकाे थियाे ।  यस बैठकले राप्रपाभित्र एकता प्रयासलाई गति दिने वा पार्टी रणनीतिमा नयाँ मोड ल्याउने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्। बैठकको विस्तृत निष्कर्ष भने सार्वजनिक भइसकेको छैन।

प्रतिकृया दिनुहोस