• मंगलबार-बैशाख-१६-२०८२

श्रम संसार पोर्टलले सही सूचना सम्प्रेषण गर्छ : श्रम मन्त्री भण्डारी

 

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सही र सत्य सूचनाको अभावको कारण रोजगारीको अवसरबाट युवाहरु बञ्चित हुनु परेको बताएका छन । 


मंगलवार मन्त्रालयमा आयोजित श्रम संसार पोर्टल सन्चालन सम्बन्धमा सरोकारवालाहरुसँग छलफल कार्यक्रममा बोल्दै मन्त्री सही सुचनाको अभावमा युवाहरु रोजगारीको अवसरबाट बञ्चित हुनु परेको बताएका हुन । 


मन्त्री भण्डारीले आफु मन्त्री भएर मन्त्रालयमा आएपछि दुई युवाहरु भेटेर  रोजगारी माग्न आउँदा देशभित्र कसरी एकिकृत रोजगारी सूचना दिने सन्दर्भमा आएको अवधारणा अनुसार श्रमसन्सार पोर्टलको अविष्कार भएको बताए । 


उनले भने, यो केवल एक सामान्य पोर्टल मात्र होइन, मलाई विश्वास छ, यो एउटा सामाजिक क्रान्तीको रुपमा स्थापित हुनेछ, यसले युवाहरुलाई देश भित्र पनि मिहनेत र आत्मविश्वास भर्नेछ । 

 

मन्त्री भण्डारीले देशभित्र सोसफोर्स नभए रोजगारी वा कुनै पनि अवसर पाउन नसकिने दुःखद भाष्य निर्माण भएको चिन्ता व्यक्त गर्दै क्षमता र योग्यताको आधारमा रोजगारीको अवसर सृजना गर्न यस पोर्टल मार्फत युवाहरुमा विश्वास जगाउने विश्वास व्यक्त गरे । 


वैदेशिक रोजगारका लागि उचित सूचना अभावका कारण विचौलियाहरुले गाउँघरमा ठग्ने गरेको जिकिर गर्दै यसको सदुपयोग गरी सात सय ५३ वटा स्थानीय तहमा यसले सही सुचना संप्रेषण गर्ने उनले बताए ।

 

उनले भने, `अब सबै स्थानीय तहमा एकिकृत रुपमा वैदेशिक तथा स्वदेशमा भएका रोजगारका अवसरहरुको सही सूचना संप्रेषण हुनेछ, यसले विचौलियाहरुको धन्धा बन्द भई आफनै गाउँघरमा ठगिन रोकिने छ ।´ 


मन्त्री भण्डारीले सबैको सहयोग, साथ र सहकार्यले सूचना प्रविधिको सही सदुपयोग गरी एकिकृत एकद्धार सूच्ना प्रणाली स्थापित गर्नु नै मुख्य उदेश्य रहेको बताए । 


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्विस सरकारको सहयोगमा निर्माण भएको श्रमसन्सार रोजगारी पोर्टल यही मे १, विश्व मजदुर दिवस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट लन्च गरिनेछ । 

 

 

प्रतिकृया दिनुहोस