• मंगलबार-बैशाख-१६-२०८२

नेप्सेमा दोहोरो अंकको गिरावट

 

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेप्से परिसूचक आज १५.०८ अंकले घटेर २६३१.९८ विन्दुमा पुगेर रोकिएको छ । जबकी, यो सोमबारको भन्दा १४ अंकले घटेको हो ।


नेप्सेसँगै सेयर कारोबारको कुल रकम पनि घटेको छ। आज  ३११ कम्पनिको १ करोड ८४ लाख  ९१ हजार ९४१ कित्ता सेयर खरिदबिक्री हुदाँ ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार २७८ रुपैयाँ मात्रै कारोबार हुन सकेको छ ।

 

जबकी, सोमबार ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो। जसअनुसार कारोबारमा आएकामध्ये ५७ स्टक्सको मूल्य बढ्दा १८८ वटाको घटेको थियो ।

प्रतिकृया दिनुहोस