🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली नागरिकलाई वैदेशिक रोजगारी सम्बन्धी सतर्कता अपनाउन आग्रह

बैंकक, २७ फागुन २०८१ – पछिल्लो समयमा नेपाली नागरिकहरूलाई आकर्षक तलब तथा अन्य सुविधा देखाएर थाइल्याण्ड, कम्बोडिया, लाओस, भियतनाम जस्ता देशहरूमा लगेर गैरकानूनी कार्यमा संलग्न गराउने घटनाहरू वृद्धि हुँदै गइरहेको छ।

नेपाली राजदूतावास, बैंककले फागुन २६ गते विज्ञप्ति जारी गर्दै भनेकाे छ- यस्तो प्रलोभनमा नपर्न सबै नेपाली नागरिकलाई आग्रह गरेको छ। यदि कुनै नेपाली नागरिक यस्ता समूहहरूको नियन्त्रणमा परेको वा अलपत्र परेको अवस्थामा रहेमा, निजको उद्धारका लागि परिवारजनले पीडितको राहदानी, नागरिकता, भिषा लगायतका आवश्यक कागजातहरूको प्रतिलिपिसहित आफ्नो वडा कार्यालय मार्फत वा सिधै कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

निवेदन दिँदा निम्न जानकारी स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ:

✅ पीडित रहेको स्थान

✅ सम्पर्क नम्बर

✅ राहदानीको स्थिति (उपलब्ध छ/छैन)

✅ भिषा वैध छ/छैन

राजदूतावासले नेपाली नागरिकलाई नेपाल सरकारले तोकेका श्रम स्वीकृति प्राप्त गरेर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ । साथै, गैरकानूनी रूपमा ती देशहरूमा रोजगारीका लागि नजान पुनः सचेत गराएको छ।

नेपाल सरकार, नेपाली राजदूतावास, आमसञ्चार माध्यम तथा नागरिक समाज सबैलाई यो सन्देश प्रवाह गर्न सहयोग गर्न आग्रह गरिएको छ।