🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गणतन्त्रको विकल्प अरु हुन सक्दैन- डा.सिके राउत

महोत्तरी । जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सिके राउतले राजतन्त्रवादीहरुको सक्रियतालाई लक्षित गर्दै गणतन्त्रको विकल्प अरु हुन नसक्ने वताएका छन ।

सरकारको कमजोर डेलीभरीका कारण केही असन्तुष्टिहरु देखिएतापनि ठूला दलहरु भने आफूलाई सुधार गर्न तयार हुनुपर्ने उनले जिकिर गरे । `हाम्रो पार्टीले लोकतान्त्रिक गणतन्त्र रक्षा गर्ने सवालमा केन्द्रीय समितिबाट पनि निर्णय गरेको छ ।´ अध्यक्ष डा. राउतले भने । `जनमत पार्टी पनि गणतान्त्रिक पार्टी हो यसमा हामीले नौलो गणतन्त्र भनेका छौँ तर समाजवादी गणतन्त्र भने हैन ।´

महोत्तरीको बर्दिवासमा तीन दिनदेखि जारी केन्द्रीय समितिको वैठकको समापनको क्रममा पत्रकारहरुसगँ कुरा गर्दै अध्यक्ष राउतले सरकारको कार्यसम्पादन कमजोर भए कै कारण राजतन्त्रवादीहरुले टाउको उठाएको पनि दावी गरे । सुशासन र विकासको क्षेत्रमा सरकारको कार्यसम्पादन शून्य देखिएको बताउँदै उनले गणतन्त्र रक्षाको लागि ठूला दलहरु नै सुध्रनुपर्ने धारणा राखे ।

अध्यक्ष राउतले समाजवादी मोर्चाले गर्ने भनिएको प्रदर्शनलाई लिएर भने फरक मत राखेका छन । प्रदर्शन भन्दा पनि व्यवहार परिवर्तन गर्नुपर्ने सुझाव दिँदै उनले नेपालको परिवेशमा समाजवाद भन्दा नौलो गणतन्त्र नै आवश्यक भएको दोर्‍याए ।