🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

किन हा¥यो बाजुरामा एमाले ?

हिजोआज निर्वाचनको नतिजाले एमाले मात्रै हैन, प्राय सबैलाई चकित पार्दै धेरैको विवेचना र विश्लेषणमै दिन बित्ने गरेको देखिएको छ । यस बीचमा मैले पनि केही समीक्षा राख्न खोजें । पूर्वाग्रह कसैकसैप्रति पनि छैन  ।

खासमा, एमाले नेता कार्यकताहरू कापीमा मत बटुल्ने अभ्यासमा लागे । कांग्रेस जनताको घरको मत बटुल्ने वा ब्यालेट बक्सभित्र मत खसालेर मत संख्या बढाउने रणनीतिमा जुट्यो । कापीमा मत बटुल्नेहरूले चौतर्फी चुनौतीको समीक्षा गर्न आवश्यकै ठानेनन् ।

 टिकट वितरणमा कतिपयको चित्त बुझेको देखिएको थियो । चित्त दुखाउनेहरूले पार्न सक्ने ‘‘असरको भार विश्लेषण’’ गर्न नसक्दा पनि यो नतिजा आउन भूमिका खेलेको हो । अझ ‘‘उसले जितिहाल्छ, ऊ हारे हारोस’’ भन्ने एमालेहरूले सोच्दासोच्दै सबैतिर खुस्केको पत्तै भएन । अहिले विस्तारै खुल्दैछन् आपसी हत्कण्डाहरू । अझ धेरै खुल्नेवाला नै छन् ।

 बाजुराको एमालेभित्र नेताहरूमा ‘‘मनपरी’’ र कार्यकर्ताहरूमा ‘‘छाडापन’’ चुलिदै गएको थियो । यति मात्रै हैन, नेतृत्व तहलाई ‘‘खुसी पार्ने वा चाकडी प्रवृत्ति’’ हावी हुदै थियोे । तथ्यगत र सही कुरा गर्ने कार्यकर्ता नेताहरूको पहिलो घेराभन्दा धेरै बाहिर रहे । ‘‘तपाई त खुब बढिया, गजब राम्रो छ, उसले केही भा“गो लाउन सक्दैन, उसलाई ठेगान लाउनु पर्छ’’ भन्ने बिचौलिया प्रवृत्तिका कार्यकर्तालाई नेताहरूले प्यारो ठाने । जसले गर्दा पहिलो तहका नेताहरू र ग्राउण्डको यथार्थता बीच ग्याप रह्यो । यति सम्मकि, ‘‘सकभर नौवटै नभए ८ त जित्यो जित्यो’’ भन्दै फुरुङ्ग पार्नेहरूकै सूचनामा रमाउदै नेताहरूले उनैमा आपूmलाई डिपेन्ड गरे । यसैमा नेताहरू दङ्ग परिरहे । ठीक उस्तै, जस्तो कि २०७० मा प्रचण्डको पहिलो घेराले ‘‘खुब बढिया छ’’ भन्नेहरूको गलत सूचनाले खुस्कन सक्ने जोखिमको भेउ नै पाउन सकेनन् ।

थुप्रै कारणहरू मध्ये इन्भर्टेड कमाभित्रका बुद्धिजीवीको भूमिका समेत केलाउन सकेनन् एमाले नेताहरूले । कतिपय धुरन्धर एमालेका कोठे बुद्धिजीवीका कारण पनि नेताहरूले ग्राउण्डको यथार्थता बुझ्न पाएनन् ।

अर्काेतिर, गुटभन्दा पनि एमाले शीर्ष नेताहरूबीच ब्यक्तित्वको टकराव यतिबेला पनि चुलिएको देखिन्थ्यो । ०६४ को चुनावतिर आपसी दुरी जुन तहमा थियो, अहिले पनि लगभग त्यो भन्दा बढी दुरी चर्केको देखिन्थ्यो । ०६४ को समस्या सल्टाएर ०७० मा जीत भएको कुरा समेत बिर्सनु कमजोरी थियो नेताहरूको । नतिजापछि कतिपय एमाले भन्ने कार्यकर्ताहरूबाट जे जस्ता टिप्पणीहरू सुनिदैछन्, अझ भयङ्कर एमाले भई फेसवुकमा ‘‘लाल गाली’’ गरेर आपूmलाई धुरन्धर देखाउन खोज्नेहरूले ग्राउण्डमा मत बढाउन कति रोल ग¥याथे भन्ने कुराको समीक्षा गर्न नेताहरूलाई कसले सम्झाईदिने ? एमालेका मत कम भएर हैन । समस्या यस्तै यस्तै ससाना कुराको ब्यवस्थापनमा देख्छु । यहा“ त यस्तो भैगयो कि, जसले अथाह भौतिक चुनौती र जोखिमका बावजुद आपूm सहित समर्थकलाई सुरक्षित मताधिकार प्रयोग गराउन सफल हुनेहरू नै लखेटिन बेर नहुने प्रवृत्ति पो छ त । आफै सोच्नुस्, यस्तो प्रवृत्तिले अवस्था सुधार होला ?

कतिपय एमाले नेताहरूले गर्ने माईक्रो म्यानेजमेन्टलाई पनि सर्वसाधारणले रुचाउदैनन् भन्ने सम्झाईदिने पनि कोही भएन् । किन कि सही कुरा भन्न रुचाउनेहरू फोगटिया टार्गेट हुने अवस्था देखेपछि धेरैजसो चुपचाप बस्दिए । कतिपय स्थानमा उम्मेदवारका ब्यक्तिगत कारणले समस्या आएको त बाहिरै आइसक्यो ।

यस बीचमा तीनतीन जना सांसद भई सकेपछि भएका कतिपय विकास निर्माणका प्रयत्नहरूलाई एमालेको पार्टी संरचनाले तल्लो तहसम्म मसिनो गरी बुझाउन सकेनन् । नेताहरू मञ्चमै भाषण ठोकेर दङ्ग, नेताका वरिपरिका फस्ट क्लास कार्यकर्ताहरू चै नेताहरूलाई ‘‘हजुर बढिया छ’’ भन्न मै मस्त । यस्तैयस्तै तमाम कारणले मत ह“ुदाहु“दै पनि एमाललेले धक्का ब्यहोरेको हो जस्तो लाग्छ ।

अन्त्यमा, कतिपय एमाले कार्यकर्तामा विद्यमान अहंकार कटौती हुन अत्यावश्यक छ । अझै पनि अन्तरमनदेखि नै आत्मसमीक्षा नगर्ने वा मैले मात्र गरें अर्काेले त खत्तम मात्र पा¥यो भन्ने मनोवृत्ति करेक्सन नगर्ने हो भने योभन्दा भयानक दुर्घटना ब्यहोर्नु पर्ने दिन आउन नसक्लान भन्न सकिन्न ।

तत्काललाई चै का“ग्रेसले जितेका तहमा तथ्यहीन ईश्र्या राख्दै निर्वाचित प्रतिनिधिहरूलाई अप्ठेरो पार्ने मनस्थितिबाट भविष्यका लागि कुनै लाभ हुनेवाला छैन, एमाले ईकाई तहका कार्यकर्ताहरूलाई । घाटै हुन्छ, फाइदा हुने त कुरै छैन । त्यसैले रचनात्मक कार्यमा सहकार्य गर्दै समाज विकासको हिस्सेदार बन्ने हो, सम्बन्धित तहका एमाले अगुवाहरूले । विजेता सबैसबै जनप्रतिनिधिलाई बधाई ।                                                  –अर्जुन शाह

नेपाली कांग्रेसमा वास्तविक उत्तराधिकारी को ?

 बीस वर्ष लामो अन्तरालपछि मुलुकभर प्रदेश नं २ बाहेकका अन्य सबै प्रदेशहरूमा भर्खरै दुई चरण गरी स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन परिणामको विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरू मध्येको सबैभन्दा ठूलो र सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचनमा भोग्नुपरेको निराशाजनक परिणाम र त्यसमा अन्तर्निहित कारणका बारेमा स्वाभाविक रुपले विभिन्न टिप्पणीहरू भइरहेका छन् । निर्वाचनको मुखमा राजदूत नियुक्ति, आइजीपी नियुक्ति प्रकरण, प्रधान न्यायाधीश माथिको महाभियोग जस्ता विवादास्पद र अदूरदर्शी प्रकरणहरूमा नेतृत्व नफसेको भए नेपाली कांग्रेसले निर्वाचनमा प्राप्त गर्न सक्ने संभावित परिणामको बारेमा चर्चा हु“दै गर्दा एउटा अहं सवालतर्फ कमैको ध्यान पुगेको देखिन्छ । नेपाली कांग्रेसलाई यसको समग्रतामा मात्र बुझ्न खोजियो भने समस्याको चुरो पहिल्याउन सकिंदैन ।

नेपाली कांग्रेसको इतिहासमा यसभित्र सदैव भिन्नभिन्न धारहरू अस्तित्वमा रह“दै आएका छन् । व्यक्ति विशेषले नेतृत्व गरेको आधारमा नेपाली कांग्रेसभित्रका समूहहरूलाई समूह विशेषको नाममा मात्र विभाजित गरेर हेर्नु गंभीर भूल हुन्छ । सधैं अस्तित्वमा रहेका यी समूहहरूबीच प्रवृत्तिगत भिन्नताहरू छन् । एउटा समूहले कांग्रेसभित्र वीपी कोइरालाको आदर्शको प्रतिनिधित्व गर्दछ जो त्याग र सच्चरित्रतामा विश्वास गर्दछ र संगठनमा मौरी ज्यामीले झैं काम गर्दछ । अर्को समूह शक्ति र सत्ता केन्द्रित राजनीति गर्दछ जो मह खान मात्र व्यस्त छ र जनताको विवेकलाई पद र पैसाले प्रभावित गर्ने दिवास्वप्न देख्छ । यही दोस्रो प्रवृत्तिको समूहको पार्टीमा हाल हालीमुहाली हुनु नै नेपाली कांग्रेसले निर्वाचनमा अपेक्षाकृत निकै कमजोर  परिणाम भोग्नुपर्नुको मुख्य कारण हो । हालसालै सामाजिक संजालहरूमा भाइरल भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाको बीबीसीसंगको साझा सवालको प्रतिक्रियाले हामी कस्तो विडम्बनापूर्ण स्थितिको शिकार भइरहेका छौं भन्ने पुनः स्मरण गराएको छ ।

पूर्व संस्थापन भनेर चिनिने पहिलो समूहमा रहेका अधिकांश नेताहरूको क्षेत्रमा नेपाली कांग्रेसले निर्वाचनमा निकै राम्रो परिणाम हात पारेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको क्षेत्रमा त कांग्रेसले करीब सम्पूर्ण स्थानमा जीत हाँसिल गरेको छ । रामचन्द्र पौडेल, दिलेन्द्र बडु, महेश आचार्य, शेखर कोइराला, बद्री पाण्डेलगायतका नेताहरूको क्षेत्रमा कांग्रेसले हासिल गरेको सफलताको श्रेय नेपाली कांग्रेसको भूमिकालाई जनता समक्ष स्पष्ट गर्न र आफ्नो क्षेत्रमा पार्टी संगठन सुदृढ गर्न यी नेताहरूले निर्वाह गरेको भूमिकालाई जान्छ । पार्टी सभापति शेरबहादुर देउवा, खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसी, बालकृष्ण खा“ड, एनपी सावद, कृष्ण सिटौला, रमेश लेखक, गगन थापा, डिना उपाध्यायलगायतका संस्थापन पक्षका नेताहरूको क्षेत्रमा भएको कांग्रेसको पराजय र मत परिणामले यी नेताहरू पार्टी संगठनको सवालमा पटक्कै गंभीर छैनन् र उनीहरूको छवि जनताको मत आकर्षित गर्ने नभई विकर्षित गर्ने खालको छ भन्ने यथार्थ छर्लंग भएको छ । आज पनि नेपाली कांग्रेसको साख पूर्व संस्थापन पक्षधरहरूकै कारण जोगिएको छ ।

अंकगणितीय हिसाबले तत्कालको लागि पार्टी सभापति शेरबहादुर देउवा समूह संस्थापन भनेर मानिए पनि नेपाली कांग्रेसको वास्तविक विरासत र उत्तराधिकार पूर्व संस्थापन मानिने वरिष्ठ नेता रामचन्द्र समूहसंगै छ भन्ने स्पष्ट हु“दै गएको छ । नेतृत्वको अपरिपक्वता र गैरजिम्मेवार क्रियाकलापले दिन प्रतिदिन झनझन धूमिल बन्दै गइरहेको पार्टीको छवि सुधार्न र आसन्न निर्वाचनहरूमा पार्टीको स्थिति मजबूत बनाउन पार्टीभित्र इमान्दार कार्यकर्ताहरूले जागृतिको अभियान शुरू गर्न अब विलम्ब गर्नुहु“दैन ।

                         –सुभाष घिमिरे, चितवन, हालः अमेरिका