हरेक समुदायमा अनेक परम्परा छन् विवाहका । यस्तै अनौठो प्रथा बोकेको समुदाय हो टिडोन्ग जहा“ भर्खर विवाह भएका नवदम्पतिलाई तीन दिनसम्मका लागि शौचालय बन्देज छ । हो, इन्डोनेसियाको यो समुदायको वैवाहिक परम्परा अनुसार यहा“ दुलाहा–दुलहीलाई विवाह भएको तीनदिनपछि मात्र शौचालय जान अनुमति हुन्छ । विवाहको तीनभित्र बेहुला अथवा बेहुलीले घरको शौचालय प्रयोग गरेमा भाग्य राम्रो नहुने विश्वास गरिन्छ । तीन दिनसम्म नवदम्पत्तिलाई शौचालय नलागोस् भनेर खाना पनि थोरै थोरै दिइन्छ । तेस्रो दिनको यो रिवाज पूरा भएपश्चात दुवैले नुहाएर आफ्नो नया“ जीवनको शुरुवात गर्छन् र शौचालय जान समेत छुट हुन्छ । अझ यो परम्परामा जबसम्म दुलाहाले दुलहीका लागि गीत गाउ“दैनन् तबसम्म विवाहपश्चात दुलहीको अनुहार हेर्न पाउ“दैनन् । अझ विवाह छिनोफानो पछि दुलहीलाई घरबाट बाहिर निस्कन मनाही हुन्छ ।



