न त नरेन्द्र मोदीले अक्सफोर्ड युनिभर्सीटीमा पढेका हुन् न त हु जिन्ताओ या लिफङहरूले नै अक्सफोर्डमा पढेका हुन् । उनीहरूले जनताको पाठशालामा पढेर आफ्नो देशलाई आज विश्वका महाशक्ति मुलुकमा परिणत गराएका छन् । हाम्रा अहिलेका नेताहरूले नेपालजस्तो भौगोलिक, सामरिक र आर्थिक जटिलताबीच यो मुलुकलाई गणतन्त्रसम्म ल्याएका छन् र निर्वाचनमार्फत लोकतन्त्र र समृद्धिको दिशातर्फ मुलुकलाई अघि बढाउन सकेसम्म कोसिस गरिरहेकै छन् । हामीलाई थाहा छ, यो मुलुकको विकास नहुनुमा नेताहरूको मात्र दोष छैन, समाजका सबै तह र तप्का अनि हामी जनता स्वयंको संस्कार, सभ्यता र चेतना पनि दोषी छ । मुलुकको सारा विषमताको दोष जन निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवामाथि पोख्ने गरी अझ भर्नौं, मुलुकका प्रमुख दलहरूप्रति वितृष्णा फैलाउनेगरी बीबीसीको साझा सवालले योजनाबद्ध ढंगले उत्तेजक प्रश्नहरूलाई स्थान दिएको देखिन्छ ।
साझा सवालमा एक महासयले देउवामाथि ‘तैंले बेलायतका प्रधानमन्त्रीहरूले झैं अक्सफोर्डमा पढ्नुपर्दथ्यो, अक्सफोर्डमा नपढीकनै किन प्रधानमन्त्री भइस् ? अक्सफोर्डमा नपढी प्रधानमन्त्री भएर तैंले गम्भीर अपराध गरिस्, अब भन त कहिले विस्थापित हुन्छस् ?’ भन्ने आशयको प्रश्न गरेका रहेछन् ।
बीबीसीजस्तो प्रतिष्ठित समँचार माध्यमले पूर्वाग्रह र गलत नियतले प्रेरित त्यस्ता प्रश्नहरूलाई स्थान दिने हो भने कार्यक्रमको नाम ‘साझा सवाल’को ठाउ“मा साझा बबाल राखे हुन्छ । के त्यो साझा सवाल थियो त ? –कुसुम कुसुम



