🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टाइगर कप भलिबल : आर्मी र भारतको सुनिल क्लबको खेल स्थगित 

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको बिचको खेल स्थगित भएको छ । 

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा चौथो सेटको खेल सुरु हुने समयमा खराब प्रकाशका कारण खेल स्थगित गरिएको हो । पहिलो सेट पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको सुनिल भलिबल क्लबले तेस्रो सेट १८–२५ ले आर्मीलाई सुम्पिएको थियो । त्यसपछि खेल स्थगित भएको हो । अब आर्मी र सुनिल भलिबल क्लबबिचको खेल बिहीबार हुनेछ । यसअघि स्थगित भएको टिपटप हेल्प नेपाल स्पोट्र्स क्लब र गण्डकी प्रदेशबिचको खेल पनि भोलि हुने तालिका छ ।

यसअघि भएको खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोट्र्स क्लबसँग ३–२ सेटले पराजित हुँदै सशस्त्र प्रहरी बल एपीएफ प्रतियोगिताबाट बाहिरिएको थियो । महिलातर्फ भएको खेलमा एपीएफ र ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले जित निकालेका थिए । पहिलो खेलमा ट्राभल इन्क्वारीले आर्मीलाई ३–० र एपिएफले आयोजक टाइगर ग्रुपलाई ३–० को सेटमा पराजित थियो ।