भीमदत्तनगर, ७ माघ : कञ्चनपुको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा नेपाली सेनाले संरक्षित वन्यजन्तुको सुरक्षाका लागि 'अपरेशन महाहण्ट' लागू गरेको छ ।
निकुञ्जको सुरक्षाका लागि खटिएको देवी दलगण मझगाउँ ब्यारेकले जैविक विविधता र वन्यजन्तुको सुरक्षाका लागि यो सुरक्षा योजना लागू गरेको देवी दल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यातले जानकारी दिए ।
''यो योजना अन्तर्गत निकुञ्जभित्र रहेका संवेदनशील क्षेत्रको रेखदेख देखि लिएर चोरीशिकारी हुनसक्ने सम्भावित क्षेत्रमा एम्बुस थाप्ने, क्यामेरा जडान गरेर निगरानी बढाउने लगायतका काम पर्दछ,'' उनले भने । (रासस)



