राअवि(गुप्तचर) का थुप्रै अधिकृतहरुको सरूवा–बढुवा
काठमाडौं । आगामी चैत्र महिनासम्ममा राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बलमा एकै निकायमा गाभिने भ्रम फैलाइएको छ । यही कारण कुनै पनि सरूवा, बढुवा र महत्वपूर्ण जासुसी सम्बन्धी गतिविधि नगरी निस्कृय जस्तै बसेका राअबिका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले केही दिनअघि विभागको सहअनुसन्धान निर्देशकहरूको व्यापक रुपमा सरुवा र केही प्रमुख अनुसन्धान अधिकृतहरूको उप–अनुसन्धान निर्देशकमा बढुवा गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको गुप्तचरी निकाय विभागलाई प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रधानमन्त्री ओलीले माओवादी केन्द्रको भातृ संगठन जस्तो दृष्टिले हेर्दै आएको गुनासो सुनिने गरेको छ ।
जसका कारण विभागमा रिक्त दरवन्दीमा बढुवा र सरूवा लामो समयदेखि हुन सकिरहेको थिएन । विभागका प्रमुख अनुसन्धान निर्देशक थापालाई माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा नियुक्ति भएको भन्दै उचित व्यवहार नगरेको सम्वद्धस्रोत बताउँछ । सामुहिकबाहेक प्रधानमन्त्री ओलीले दैनिक भेटघाटन गर्न पनि नदिएको स्रोतले दावी गरेको छ ।
२०५१ सालमा गृह मन्त्री हुँदा पनि ओलीले तत्कालीन डिआईजी ललित बहादुर लिम्बुलाई प्रमुखको जिम्मेवारी दिएका थिएनन् । नेपाल प्रहरीका सुदूरपश्चिम विकास क्षेत्रका डिआईजी गोविन्दकर्म थापालाई प्रमुख बनाएर विभागमा ओलीले हस्तक्षेप गरेका थिए ।
अहिले प्रधानमन्त्री हुँदा विभागलाई कमजोर बनाएर रअ, सिआईए, एम–१६ लगायतका विदेशी खुफिया संस्थाहरूको चलखेल बढाएको विभाग स्रोतले आरोप लगाएको छ । यसमा प्रधानमन्त्री ओली भन्दा पनि राजनीतिक सल्लाहकार विष्णु रिमाल हाबी भएको गुप्तचरका अधिकृतहरूले आशंका गरेका छन् ।
रिमाल पश्चिमा शक्तिसँग निकट रहेको आशंका रहेको छ । यही कारण उनले विभागलाई कमजोर बनाएर अमेरिकाको सिआईए, एमसिसिलाई सकृय पार्न खोजेको आरोप उनीमाथि लाग्ने गरेको छ । जसका कारण प्रधानमन्त्री ओलीसँग बिभागको टसल बढेको चर्चा चुलिएको छ ।
निर्देशक थापाले दुईसाता अघि प्रधानमन्त्री कार्यालय पुगेर सुशासन र सुरक्षा हेर्ने जिम्मेवारी पाएका सचिव कृष्णहरि पुस्करबाट नौ एसएसपीको सरुवा र पाँच जना एसपीको बढुवाको फाइल सदर गराएको स्रोत बताउँछ । यो सँगैपछि थप पाँच जना अनुसन्धान अधिकृतको प्रमुख अनुसन्धान अधिकृतमा बढुवा गराएको विभाग स्रोतले दावी गरेको छ । विभागले गरेको नौ जना सहअनुसन्धान निर्देशकहरूको सरूवामा दुई महिना अघि मात्रै विभागबाट सुदूरपश्चिम प्रदेशको निमित्त प्रमुखसमेतको जिम्मेवारी सरूवा भएर गएका नवीन अधिकारीलाई नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा काउन्सिलरको जिम्मेवारीमा खटाइएको छ ।
यस अगाडि सुदूरपश्चिम प्रदेशबाट अनुसन्धान निर्देशक किशोर श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा तानेर निमित्तको रुपमा अधिकारीलाई सो प्रदेश खटाइएको थियो । अधिकारी अनुसन्धान निर्देशकको बढुवाको लाइनमा रहेका छन ।
उता, दिल्ली दुतावासका काउन्सिलर सहअनुसन्धान निर्देशक राजन उप्रेतीको भने विभागमा सरूवा भएको छ । सहअनुसन्धान निर्देशक पप्पु शर्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभागमा तानिएका छन ।
नरेश शाहलाई विभागबाट एअरपोर्टमामा सरुवा गरिएको छ । ललितपुर जिल्लाका प्रमुख भुमी प्रसाद पाठक विभागमा भित्राइएको छ । विभागको प्रशासन महाशाखाका सहअनुसन्धान निर्देशक रिबेन गच्छदार काठमाडौं जिल्ला प्रमुखमा सरुवा भएका छन ।
काठमाडौं प्रमुखको जिम्मेवारीमा रहेका विकासराज पाण्डेको विभागमा सरूवा गरिएको छ । एसएसपी रमेश चन्द्र यादव सुरक्षा परिषदबाट ललितपुर जिल्ला प्रमुखमा सरूवा भएका छन । पूर्व गृहसचिव पदम प्रसाद पोखरेलकी छोरी उर्मिला पोखरेल ढुंगानाको पनि सरुवा भएको छ ।
प्रमुख अनुसन्धान अधिकृतबाट उमेश पाण्डे, हिरण्य कुँवर, महेश बोहरा, सरोज निरौला र सन्जय मण्डलको उपअनुसन्धान निर्देशकमा बढुवा भएको विभाग स्रोतले जनाएको छ । (साँघु सँप्ताहिक, २०८१ पुस २२)

प्रतिकृया दिनुहोस