स्वास्थ्य बिमा बोर्डः पदाधिकारी नियुक्ति कहिले ?
काठमाडौं । वर्तमान सरकार गठन भएपछि स्वास्थ्य बिमा बोर्डका तत्कालीन अध्यक्ष डा. गुणराज लोहनीले नैतिकताको आधारमा राजीनामा दिएका थिए । बोर्डका कार्यकारी निर्देशक रहेका डा. दामोदर बसौलाले भने चार वर्षे कार्यकाल ०८१ कात्तिक २५ गते पूरा गरेर बाहिरिएका थिए । त्यसयता बोर्ड पदाधिकारीविहीन रहेको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वायत्त बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी यतिखेर मन्त्रालयमा कार्यरत गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. सरोज शर्मालाई दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वायत्त वोर्डमा आर्थिक र प्रशासनिक अधिकारसहित मन्त्रालयका कर्मचारीलाई जिम्मेवारी तोकेको भन्दै यतिखेर असन्तुष्टि चुलिएको स्रोतले जानकारी दिएको छ । मन्त्रालयले आफू खुसी निमित्त दिन नसक्ने भएपनि बोर्ड ऐन विपरीत शर्मालाई खटाउनुलाई गैरकानूनी कार्य भएको स्रोतको भनाई रहेको छ । मन्त्रालयले कुनै व्यक्तिलाई निमित्तको जिम्मेवारी दिनुभन्दा पनि बोर्डकै उच्च अधिकारीलाई कार्यवाहक दिनुपर्ने सुझाव दिएको छ । स्रोतका अनुसार, बिमा बोर्डले नेतृत्व पाउन अझै महिनौं लाग्ने संभावना बढेको बताइन्छ ।
तर, मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा देखिएका समस्या समाधानमा सुझाव दिनका लागि डा. शम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेका थिए । समितिले प्रतिवेदन दिएपछि लगत्तै पदाधिकारी नियुक्तिको विषयलाई अगाडि बढाउने तयारी गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार, अहिले बोर्डको संरचना नै परिवर्तन गर्नुपर्ने देखिएको छ । स्वास्थ्य बिमा ऐन २०७४ लागु भएपछि सरकारले हालसम्म तीन अध्यक्ष नियुक्त गरिसकेको छ तर, कसैले पनि पूर्ण (चार वर्षे) कार्यकाल पूरा गरेका छैनन् । जसले गर्दा बिमा बोर्ड अस्थिरता र अनिश्चितताको भूमरीमा फस्दै गएको बताइन्छ । (साँघु साप्ताहिक, २०८१ पुस २२)

प्रतिकृया दिनुहोस