अर्बौं अर्ब लुटतन्त्र चल्ने एउटा व्यवसाय : स्वास्थ्य परीक्षणको सिन्डिकेट अन्त्यको माग
काठमाडौं । हाल श्रम मन्त्रालय अन्तरगत २ सय १२ वटा स्वास्थ्य संस्था दर्ता रहेका छन् । यीमध्ये ३६ वटा संस्थाले मात्र मलेसियामा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा सिन्डिकेट लगाइरहेको आरोप नेपाल मेडिकल व्यवसायी संघले लगाएको छ । स्वास्थ्य परीक्षणको सिन्डिकेट लगाएर अर्बौं अर्बको कारोवार गर्ने गरिन्छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको यस्तो लुटतन्त्रको सिन्डिकेटको तत्काल अन्त्यको माग संघका पदाधिकारीले गरेका छन् । संघले स्वास्थ्य परीक्षणमा केही मेडिकल व्यवसायीहरुको दादागिरी रहेको भन्दै उक्त सिन्डिकेट तूरुन्त अन्त्य गर्न सरकारसँग माग गरेपनि सरकारले खासै ध्यान दिएको छैन ।
वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा एकरूपता कायम हुनेपर्ने माग संघले गरेको छ । त्यस्तै, स्वास्थ्य परीक्षण प्रतिवेदन तयार गरी स्वास्थ्य परीक्षण एकरुपता कायम गरी सबै स्वास्थ्य संस्थाले गर्न पाउने गरी एकै किसिमको सफ्टवेयर प्रणाली अनिवार्य रूपमा लागू गर्नुपर्ने माग संघको रहेको छ । संघले सबै मुलुकको स्वास्थ्य परीक्षण शुल्क वैज्ञानिक ढंङ्गले निर्धारण गर्दै एकरूपता कायम गरिनुपर्ने समेत माग गरेको छ । संघले केही व्यवसायीले मलेसियामा सिन्डिकेट लादेको भन्दै अन्त्य गर्नुपर्ने माग गरेका छन् ।
खासगरी मलेसियाको सिन्डिकेट अन्त्य गर्न संघले सरकारसँग पटक–पटक माग गर्दै आएको भएपनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वले सुनुवाई गर्नुको साटो पुन लागु गर्न खोजेको गुनासो व्यवसायीहरुको रहेको छ । संघले मुलुकपिच्छे श्रमिकहरुको स्वास्थ्य परीक्षण गर्दा अलल अलग शुल्क रहेको दावी गर्दै यस्तो सिन्डिकेट तुरुन्त अन्त्य गर्न सरकारसँग माग गरेका छन् । यसअघि खारेज भइसकेको मलेसियाको सिन्डिकेट मन्त्री शरत्सिंह भण्डारी र सचिव मुकुन्द निरौलाले पुन व्युँताउन खोजेको आशंका संघमा आवद्ध व्यवसायीहरुले गरेका छन् ।
संघले यो क्षेत्रमा दुई अर्ब बढी लगानी भइसकेको दावी गरेका छन् । साथै, करिब दुई हजार भन्दा बढी प्राविधिक जनशक्तिले यो क्षेत्रमा रोजगारी पाएको बताएको छ । अप्रत्यक्ष रुपमा करिब १० हजार व्यक्तिहरू आश्रित रहेको क्षेत्र सिन्डिकेटको नाममा मन्त्रालयले तहसनहस बनाउन खोजेको आरोप पनि उनीहरुले लगाएका छन् । गुणस्तरीय सेवाको सुनिश्चितता लागि प्रणालीमा सुधार गर्नुपर्ने संघको दावी रहेको छ । वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण सम्बन्धी व्यवस्था वैदेशिक रोजगार ऐन, २०६४ समय सापेक्ष परिमार्जित गर्नुपर्ने माग पनि संघले गरेको छ । (साँघु साप्ताहिक, २०८१ पुस २२)

प्रतिकृया दिनुहोस