एमालेका अनुशासनहीनलाई कारबाही होला ?
काठमाडौं । एमालेले केन्द्रीय कमिटी बैठकअघि मंसिर अन्तिमका दुई दिन संगठन विभागले कार्यशाला बैठक आयोजना गरेको थियो । उक्त कार्यशालामा स्थानीय तहसँग जोडिएका नेता र कार्यकर्तालाई बोलाएको थियो । संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले प्रतिवेदन पेश गरेका थिए । अहिले त्यही प्रतिवेदनमा उल्लेख गरेका केही सन्दर्भले भने एमालेभित्र चर्चा भइरहेको छ । एमालेभित्र चलेको चर्चा अनुसार एमालेका नेताहरुमा भइरहेको अनुशासनहीन कुरामात्रै होइन, नैतिक चरित्रको कुरामा पनि प्रश्न उठेको छ ।
यौन दुव्र्यहारको घटनालाई पनि गम्भीरतापूर्वक लिएर एमालेले संगठन विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा व्यक्ति किटेर कारबाहीबाट बचेको त भनिएको छैन, तर प्रतिवेदनमा को को व्यक्तिमाथि त्यस्तो कारबाही नभएको भन्ने चाहिँ बुझिने गरी लेखिएको छ ।
नैतिक चरित्रमा प्रश्न उठ्ने गरी केही नेताहरु विवादमा परेका थिए । पछिल्लो पटक नेता महेश बस्नेतमाथि प्रश्न उठेको छ । उनीमाथि प्रश्न उठाएर एमालेकै कार्यकर्ताले प्रहरीदेखि पार्टीसम्म उजुरी दिएका छन् । ती उजुरीमाथि पार्टी र प्रहरीले अनुसन्धान नगरेको र कारबाहीको दायरामा नल्याएको आरोप लाग्ने गरेको छ । त्यसलाई बल पुग्ने गरी प्रतिवेदनमा पनि पार्टीले कारबाही गर्न नसकेको उल्लेख गरिएको छ । नेताहरु ऐन महरदेखि गुलाबजंग शाहसम्मलाई प्रश्न उठेको छ ।
उनीहरुमाथि नैतिक प्रश्न उठेर पार्टीभित्र चर्चाको विषय बनिरहेको थियो । तर, उनीहरु कारबाहीभन्दा पनि पुरस्कृत हुने अवस्था रहेको एमाले नेताहरु बताउछन् । त्यसैले, यो कुरा प्रतिवेदनमा उल्लेख गरेर एमालेले कार्यकर्तामा अनुशासन र इमानको पक्षमा रहन संन्देश दिएको छ । तर, कारबाही हुनुपर्नेमा उपल्लो तहबाट संरक्षण भएको पनि बताइएको छ ।
एमालेभित्र पछिल्ला दिनमा कार्यकर्तामा अनुशासनहीन गतिविधि बढेको भन्दै विभिन्न खाले प्रश्न भने उठिरहेका छन् । त्यसबारेमा अध्यक्ष केपी ओलीले पनि सार्वजनिक रुपमा प्रश्न भने उठाउने गरेका छन् । (साँघु साप्ताहिक, २०८१ पुस २२)

प्रतिकृया दिनुहोस