• बुधबार-पौष-२४-२०८१

सशस्त्र प्रहरी बलका चार डिआईजीको कार्यकाल थप

काठमाण्डौं, २०८१ पुस २३ – २०८१ पुस २३ गते साँझ बसेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी बलका चार जना डिआईजीको कार्यकाल थप गर्ने निर्णय गरेको छ।

 

मन्त्रिपरिषदको निर्णयअनुसार डिआईजी कमल गिरी, गणेश ठाडा मगर, कुल बहादुर गुरूङ र शम्भु सुवेदीको कार्यकाल थप गरिएको हो।

 

सरकारी स्रोतका अनुसार, यी चार जना डिआईजीहरूको कार्यकालको थप अवधि सशस्त्र प्रहरी बलका विभिन्न महत्त्वपूर्ण जिम्मेवारीहरूलाई ध्यानमा राखी गरिएको हो।

 

उनीहरूको अनुभव र दक्षताले बलको कार्यसम्पादनमा सकारात्मक प्रभाव पार्दै आएकोले सरकारद्वारा कार्यकाल थप गरिएको बताइएको छ।

 

यस निर्णयले सशस्त्र प्रहरी बलको नेतृत्वको स्थिरता सुनिश्चित गर्ने र आगामी कार्यहरूको प्रभावकारी कार्यान्वयनमा मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस