🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बागमती प्रदेशस्तरीय लिग फुटबलमा चितवन र मकवानपुरको टोली विजयी

हेटौंडा । हेटौंडामा जारी बागमती प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता–२०८१ अन्तर्गत् शुक्रबार भएको खेलमा चितवन र मकवानपुरको टोली विजयी भएको छ ।

हेटौंडा–५, स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको पहिलो खेलमा काभ्रेको माउण्ट एभरेष्टलाई २–१ गोल अन्तरले पराजित गर्दै चितवनको भरतपुर विजयी भएको हो । धादिङको धुनीबेशी युथ समाजलाई २–१ गोलले हराउँदै मकवानपुरको पदमपोखरी युथ क्लब विजयी भएको हो ।

भरतपुरको तर्फबाट पहिलो हाफको ५ मिनेटमा गोल गर्दै अञ्जन चौधरीले पहिलो अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको ६६ औं मिनेटमा सन्दिप केसीले गोल गर्दै टिमलाई जित दिलाएका हुन् । खेलको अन्तिम समयमा माउण्ट एभरेष्टका विशेष लामाले टिमका लागि सान्त्वना गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सान्त्वना गोलकर्ता माउण्ट एभरेष्टका लामा घोषित भए ।

पदमपोखरीको जीतमा पहिलो हाफको ३८ मिनेटमा गोल गर्दै प्रितम स्याङ्बोले अग्रता दिलाएका थिए । खेलको ३८ मिनेटमा धुनिवेसका टिम क्याप्टेनले गोल गर्दै खेललाई एक÷एक गोलको बाराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको ४४ औं मिनेटमा महेश वाइबाले गोल गर्दै टिमलाई जिताएका हुन् । पदमपोखरीले ३ अंक जोडेको छ भने धुनिवेस अंकविहीन छ । यस समूहबाट काभ्रे प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणको २ खेलमा जित निकाल्न नसकेको काभ्रे शुन्य अंकसहित प्रतियोगिताबाट बाहिरिएको हो ।

लिगकम नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा ११ वटा जिल्लाको क्लबहरुको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल पुस २० गते हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा सञ्चालन भएको प्रतियोगितामा, प्रदेश खेलकुद विकास परिष्द र हेटौंडा उपमहानगरपालिका सहयोग रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।