🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ग्रिसमा आप्रावासी चढेको डुंङ्गा पल्टिदा दर्जनौं बेपत्ता

रोम, ३० मंसिर । ग्रीसको गाभडोसमा दुईवटा डुङ्गा डुब्दा एक जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन् ।

भू-मध्यसागरको दक्षिणी टापु गाभडोसमा डुङ्गा पल्टिए पछि १ जनाको शव फेला पारेको र ३९ आप्रवासीलाई समुद्रबाट उद्धार गरेको ग्रिसका तटरक्षकले बताएका छन् । अझै धेरै बेपत्ता  भएका छन । 

ग्रिसको कोस्टगार्डले शनिबार जहाज र विमानको सहयोगमा खोजी अभियान सुरु गरेको छ तर अझैसम्म तिनिहरू फेला परिसकेका छैनन । इटालियन फ्रिगेट र हेलिकप्टरहरू सम्भावित क्षेत्रमा खोजी कार्य जारी राखिरहेका छन । उनीहरूको खोजीका लागि थप जहाजहरू सो क्षेत्रमा पठाइएको छ ।

शनिबार छुट्टाछुट्टै घटनाहरूमा माल्टाको झण्डा बोकेको कार्गो जहाजले गाभडोसबाट७४ किलोमिटर ४७ आप्रवासीहरूलाई उद्धार गर्‍यो, जबकि एउटा ट्याङ्करले टापुबाट ५२ किलोमिटर टाढा अन्य ८८ जनालाई उद्धार गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रारम्भिक जानकारीका अनुसार कोस्टगार्ड अधिकारीहरूले लिबियाबाट ती डुङ्गाहरू युरोप आउन लागेको प्रारम्भिक जानकारी प्राप्त गरेका छन् ।

सन २०१५–१६ देखी मध्य पूर्व, अफ्रिका र एशियाबाट लगभग १ मिलियन आप्रवासीहरू ग्रिसमा आइपुगेका छन, जसमध्ये अधिकांशले इन्फ्लेटेबल डिङ्गीहरूमा समुद्र पार गर्ने खतरनाक मार्ग अपनाएका थिए ।