🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

युद्धविराममा ढिलाइप्रति गाजावासीद्वारा हमासको आलोचना

गाजापट्टी (प्यालेस्टिनी अधीनस्थ क्षेत्र), ३१ जेठ (रासस/एएफपी) : केही गाजावासीले इजराइलसँगको युद्ध समाप्त गर्न असफल भएकामा हमासको आलोचना गरेका छन् । घेराबन्दी र सङ्घर्षरत प्यालेस्टिनी क्षेत्रमा शासन गर्ने हमासले गाजावासीको जीवन बर्बाद गरेको उनीहरूको आरोप छ । 

“हमासले प्यालेस्टिनी जनताको विनाशको युद्धमा नेतृत्व गरेको छ”, हमास नेतृत्वको प्यालेस्टिनी लडाकूहरू र इजराइलबीचको आठ महिनाभन्दा लामो युद्धका क्रममा दुई पटक विस्थापित भएका ६७ वर्षीय उम्म अलाले भन्नुभयो, “हमासका नेताहरूले यो युद्धलाई अन्त्य गर्न र प्यालेस्टिनी जनताको पीडा समाप्त गर्न चासो राखेका भए उनीहरू सम्झौतामा सहमत हुने थिए ।” उहाँ दक्षिणी गाजापट्टीको प्रमुख सहर खान युनिसमा शरणको खोजीमा हुनुहुन्छ । 

नयाँ युद्धविराममा पुग्न भएको ढिलाइका लागि हमास जिम्मेबार छ भनी एएफपीले गाजावासीहरूलाई सोधेको थियो । नोभेम्बरमा एक साताको युद्धविरामबाहेक नयाँँ युद्धविराम बनाउने धेरै प्रयास असफल भएका छन् ।

नोभेम्बरको युद्धविराममा एक सयभन्दा बढी बन्धक र इजराइली कारागारबाट दुई सय ४० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिएको थियो । मध्यस्थकर्ताहरू अमेरिका, इजिप्ट र कतार पुनः एकपटक युद्ध समाप्त गर्नका लागि सम्झौतालाई अन्तिम रूप दिने कोसिसमा इजराइल र हमाससँग वार्तामा संलग्न छन् । 

यद्यपि सन् २००७ मा हमासले यस क्षेत्रमा कब्जा गरेपछि भय र प्रतिबन्धको वातावरणमा बसेका केही गाजावासी युद्धका कारण भएको भारी विनाशका लागि उनीहरूलाई दोषी मान्छन् । 

उत्तरी गाजामा बस्ने ५५ वर्षीय अबु इयादले भन्नुभयो, “हमासले हामीलाई हाम्रो पीडा र जीवनको विनाशको उपहास गरेको छ ।” उहाँका तीन छोराछोरी अलग अलग स्थानमा आफन्तसँग बसेका छन् । उहाँले कतारले आयोजना गरेको हमासको राजनीतिक नेतृत्वमाथि निशाना बनाउँदै भन्नुभयो, “उनीहरू सुतिरहेका छन्, खाइपिई गरिरहेका छन् ।”

“के तपाईंले कहिल्यै हाम्रो आजको जीवनलाई वास्तवमै बाँच्ने कोसिस गर्नुभएको छ ?”, इयादले प्रश्न गर्नुभयो, “हामीले कयौँपटक खाना पाएका छैनौँ भन्नेबारे तपाईंलाई थाहा छ ?”

वासिङ्टन हाल सम्झौताका लागि नयाँ प्रयासमा लागेको छ । यसको रूपरेखा स्वयं राष्ट्रपति जो बाइडेनले मे ३१ मा दिनुभएको थियो तर अहिलेसम्म युद्धरत दुवै पक्षबाट सम्झौता सुरक्षित गर्न बाँकी छ । 
–––