🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दक्षिण कोरियाली संकट : राष्ट्रपतिका चिफ अफ स्टाफ र १० बढी सचिवले दिए राजीनामा

सिओल, १९ मंसीर । राष्ट्रपति कार्यालयका अनुसार दक्षिण कोरियाली राष्ट्रपतिका चीफ अफ स्टाफ र राष्ट्रपतिका १० भन्दा बढी वरिष्ठ सचिवले राजीनामा बुझाएका छन् ।

राष्ट्रपति युन सुक येओलले आफ्नो अबेर रातिको मार्शल ल डिक्रीलाई लिएर राजीनामा दिन बढ्दो आह्वानका बाबजुद पनि राजीनामा दिएका छैनन् ।

हिजो अचानक दक्षिण कोरियाका राष्ट्रपतिले 'मार्शल ल' लगाए पछि केही बेर पछि बसेको संसदको बैठकले उनको सो प्रयासमा बन्देज लगाएको थियो । मध्यरातमा राष्ट्रपतिले 'मार्शल ल' खारेज भएको घोषणा गर्न बाध्य भएका थिए । 

राष्ट्रपतिले राजीनामा दिनु पर्ने भन्दै बिपक्षीले माग गरेका छन् भने ट्रेड युनियनले हडतालको घोषणा गरेका छन् । तर, अहिलेसम्म राष्ट्रपतिको राजीनामा घोषणा भएको छैन, जसको प्रतिक्षामा सिंगै देश रहेको बिपक्षी नेताहरूले जनाएका छन् । 

उनकाे राजीनामा माग गर्दै अहिले देशभरी प्रदर्शन भइरहेकाे छ ।