🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नामिबियाले पायो पहिलो महिला राष्ट्रपति

नामिबिया, १९ मंसिर । नामिबियाले देशको पहिलो महिला राष्ट्रपतिमा नन्दी नडैतवाहलाई निर्वाचित गरेको छ । नेतुम्बो नन्दी नडैतवाह नामिबियाको राष्ट्रपतिमा निर्वाचित भएसँगै देशको पहिलो महिला नेता बनेकी छिन् ।

निर्वाचन आयोगले मंगलबार घोषणा गरेको आधिकारिक नतिजा अनुसार ७२ वर्षीया नन्दीले ५७ प्रतिशत मत प्राप्त गरी विजयी भएकी हुन । ‘नामिबियाले शान्ति र स्थायित्वको पक्षमा मतदान गरेको छ,’ बिजयी पछि नन्दी नडैतवाहले भनिन् ।

उता, प्राविधिक समस्या, मतपत्रको अभाव र अन्य समस्याले निर्वाचन अधिकारीहरूले शनिबारसम्मका लागि मतदान लम्ब्याएको भन्दै विपक्षी दलहरूले निर्वाचनको परिणाम अस्वीकार गरेका थिए ।  लामो लामको अर्थ केही मतदाताले १२ घण्टासम्म पर्खिएर मतदानको पहिलो दिन नै छाडेका थिए ।

विपक्षी दलहरूले म्याद थप अवैध भएको भन्दै नतिजालाई अदालतमा चुनौती दिने जनाएका छन ।