🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चिकित्सक सङ्घद्वारा  ऐन संशोधन गर्न माग

 
काठमाडौँ, १७ भदौ  : नेपाल चिकित्सक सङ्घले मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौज्दारी कार्यविधि ऐन, २०७४ का चिकित्सासम्बन्धी केही प्रावधानलाई तत्काल संशोधन गर्न सरकारसँग माग गरेको छ । 

आफ्नो मागलाई सरकारले सुनुवाइ नगरेको भन्दै सङ्घले आज विरोध प्रदर्शन गर्दै ती ऐनका केही प्रावधानलाई तत्काल संशोधन गर्न माग गरे  । सङ्घका अध्यक्ष चिकित्सक मुक्तिराम श्रेष्ठले कार्यस्थलमा कार्यरत रहेका स्वास्थ्यकर्मीलाई हातपात गरेको खण्डमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई संशोधन गरी बिना धरौटी हिरासतमा राख्ने व्यवस्था सुनिश्चित गरिनुपर्ने मागप्रति सरकार गम्भीर बन्न नसकेको हुँदा चिकित्सक विरोधमा उत्रिनुपरेको बताए  । 

नेपाल मेडिकल काउन्सिलको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा करीब २२ हजार चिकित्सकले काउन्सिलको प्रमाणपत्र लिएका छन् । प्रमाणपत्र बुझाएपछि चिकित्सकले बिरामी परीक्षण गर्न पाइन्न । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयल ती ऐनलाई आवश्यकताअनुसार संशोधन गर्दै जाने जनाएपछि सङ्घले आफ्ना विरोधका कार्यक्रम आजसम्म स्थगित गरेको थियो । चिकित्सकले आकस्मिकबाहेक अन्य सेवा बन्द गरी आन्दोलनमा उत्रेपछि बिरामीले सेवाबाट वञ्चित हुनु परेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकलाई स्वास्थ्य क्षेत्र अति संवेदनशील भएकाले बन्द र हडतालमा नउत्रिई सेवा पूर्ववत् सञ्चालनमा गर्न आग्रह गरेको छ । मन्त्रालयका उपसचिव बाबुराम खनालद्वारा जारी विज्ञप्तिमा सङ्घको मागप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाइएको छ । 
–––