🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

धारिलो हतियार तथा ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

 भोजपुर, ३ कात्तिक : षडानन्द नगरपालिका-३ खार्ताम्छा बस्ने २८ वर्षीया कल्पना राईको धारिलो हतियार तथा ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ सिक्तेलटार बस्ने २२ वर्षीय प्रदिप बस्नेतलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय सोमबारे हाटबाट घर जाँदै गरेको अवस्थामा प्रदिपले कल्पनालाई धारिलो हतियार तथा ढुंगा प्रहार गर्दा मृत्यु भएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

साथै घटनाको क्रममा घाइते भएकी कल्पनासँगै घरतर्फ फर्कँदै गरेकी सोही ठाउँ बस्ने नबिना राईको स्थानीय उपस्वास्थ्य चौकी खार्ताम्छामा उपचारको भइरहेको छ । हतियार प्रहार गर्नुको कारण हाल खुल्न सकेको छैन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।