🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

त्रिवि रंगशालामा क्यानको बसाइ संकटमा : ३५ दिने अल्टिमेटमले हलचल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेको अतिक्रमित जग्गा फिर्ता ल्याउने अभियानलाई तीव्र बनाएको छ । यही अभियानअन्तर्गत त्रिवि क्रिकेट रंगशाला प्रयोग गर्दै आएको नेपाल क्रिकेट संघ क्यानलाई समेत ३५ दिने सूचना पठाइएको छ ।

त्रिविले गत वैशाख ४ गते अतिक्रमित जग्गा खाली गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सोही सूचनाको दायरामा त्रिवि परिसरभित्र रहेको क्रिकेट रंगशालासमेत परेको हो । त्रिवि रजिस्ट्रार कार्यालयअन्तर्गत सामान्य प्रशासन महाशाखाले क्यानलाई रंगशालासम्बन्धी विषयमा छुट्टै पत्राचार गरेको बताइएको छ ।

त्रिवि र क्यानबीच भएको सम्झौताको अवधि यही वैशाख अन्त्यतिर सकिन लागेको छ । सम्झौता सकिनै लाग्दा त्रिविले ३५ दिने सूचना जारी गरेपछि रंगशालाको भविष्यबारे चासो बढेको छ । त्रिविले आफ्नो जग्गा प्रयोग गरिरहेका विभिन्न निकायलाई छुट्टाछुट्टै पत्र काट्दै स्वामित्व, प्रयोग अवस्था र सम्झौताको वैधानिकता स्पष्ट गर्न खोजेको छ ।

नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामाले भने त्रिविबाट आधिकारिक पत्र प्राप्त भइनसकेको प्रतिक्रिया दिएका छन् । तर क्यानको बोर्ड बैठकले त्रिविसँग सम्झौता नवीकरणका लागि पत्राचार गर्ने निर्णय गरिसकेको छ । यसले क्यान रंगशाला प्रयोग निरन्तर राख्ने पक्षमा रहेको देखिन्छ ।

त्रिवि क्रिकेट रंगशाला लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिको प्रमुख केन्द्रका रूपमा प्रयोग हुँदै आएको छ । तर, त्रिविले आफ्नो जग्गा व्यवस्थापन र अतिक्रमण नियन्त्रणको नाममा सबै संरचना र प्रयोगकर्तामाथि कडाइ थालेपछि क्रिकेट रंगशालासमेत प्रशासनिक छानबिन र प्रक्रियाको घेरामा परेको छ ।

त्रिविको पछिल्लो कदमले एउटा प्रश्न भने उठाएको छ—विश्वविद्यालयको जग्गा संरक्षण गर्ने नाममा राष्ट्रिय खेल पूर्वाधारको निरन्तरता प्रभावित हुन्छ कि कानुनी सम्झौता नवीकरणमार्फत समस्या समाधान हुन्छ ? अब क्यान र त्रिविबीच हुने वार्ताले नै रंगशालाको आगामी बाटो तय गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *