रूपन्देही । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा चेकजाँचका क्रममा भन्सार छली गरी अवैध रूपमा भित्र्याइएको ३ लाख ३२ हजार ८ सय रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार २०८३ वैशाख १ र २ गते जिल्लाका विभिन्न स्थानमा गरिएको निगरानी तथा चेकजाँचका क्रममा उक्त सामान बरामद गरिएको हो। बरामद गरिएका सामान तथा सवारी साधन आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ।
📍 बिचुवापुरबाट मोटरसाइकलसहित सामान बरामद
लुम्बिनी सांस्कृतिक नगरपालिका–११, बिचुवापुरबाट 👉 १ लाख ८० हजार ६ सय रुपैयाँ बराबरका सामान बरामद गरिएको छ। प्रहरीले लु ४ प ७५९, लु २ प ३००० र लु ४ प ६८१५ नम्बरका मोटरसाइकल
चिनी १०० केजी
कोका–कोला (२ लिटर) १२ बोतल
डिउ (१ लिटर) ९० बोतल
स्ट्रोङ जुस ६० बोतल
निम्की कुरकुरे १०० पिस
टेडेमेडे कुरकुरे १०० पिस
मटर दाल ६० केजी, बरामद गरेको जनाएको छ।
📍 बेलहिया बसपार्कबाट कपडाजन्य सामग्री बरामद
सिद्धार्थनगर नगरपालिका–१, बेलहिया बसपार्कबाट 👉 ५१ हजार २ सय रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएको छ।
बरामद सामानमा
लेडिज टप्स ३२ थान, लेडिज सुट १६ थान, रहेका छन्।
📍 मंगलापुरबाट पनि कपडा बरामद
तिलोत्तमा नगरपालिका–९, मंगलापुरबाट 👉 १ लाख १ हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको छ। प्रहरीले लेडिज सुट ६४ थान, सुतिको साडी ५ थान, नियन्त्रणमा लिएको जनाएको छ।
🚨 भन्सार छली नियन्त्रणमा कडाइ
प्रहरीका अनुसार पछिल्लो समय भन्सार छली गरी अवैध रूपमा सामान भित्र्याउने गतिविधि बढ्दै गएपछि निगरानी कडा पारिएको छ। यस्ता अवैध गतिविधि नियन्त्रण गर्न नियमित चेकजाँच तथा अनुगमनलाई अझ सुदृढ बनाइने जनाइएको छ।




