🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पुनः श्रम स्वीकृति किन रोकियो ? 

काठमाडौं । बैदेशिक रोजगार विभागले विदेशमा राम्रो काम गरी फर्किएकाहरूलाई पुनः श्रम स्वीकृति नदिंदा धेरै नागरिक पीडित भएका छन् । विदेशमा हाउस ड्राइभर, हाउसमेडलगायतका काममा गएका र बिदामा घर फर्किएकाहरूलाई विभागले पुनः श्रम स्वीकृति नदिंदा उनीहरू मारमा परेका छन् । 

कम्पनीबाट नभई ब्यक्तिगत भिसाका आधारमा पुनः श्रम स्वीकृति नदिएका कारण १० बर्ष, १५ बर्ष काम गरि फर्किएर जान खोज्नेहरूलाई समस्या परेको गुनासो प्राप्त भएको छ । बहराइन, कतार, दुबई जस्ता देशमा २० औं बर्ष काम गरेकाहरू घरमा बिदा मनाउन आउँछन् । तर, आएपछि पुनः श्रम स्वीकृति नदिएपछि बिचल्लीमा परेका छन् ।

कतिपय नेपाली कामदारका श्रीमती र छोराछोरी उतै छन् । उतै पढ्छन् तर मुख्य घरको मूलीलाई नेपालले पुनः श्रम स्वीकृति नदिंदा अर्को समस्या सृजना भएको छ । श्रम मन्त्रालयका एक अधिकारीले भने–‘सन्तोषजनक काम भएकाले नै ऊ फेरि सोही काममा फर्केर जान चाहन्छ, यदि जोखिम भएको को फर्किन्छ ?

कामदार नै पुनः फर्केर जान चाहन्छ भने राज्यले किन रोक्नु ? उसको छँदाखाँदाको जागिर किन हरण गर्नु ? राज्यले रोजगारी पनि नदिने र रोजगारीमा जान्छु, बिदामा आएको हुँ, राम्रो काम छ भनेर भिसा देखाउँदा पनि रोकिएपछि बहराइनमा १५ बर्ष सवारी चालकको काम गरी आकर्षक कमाइ गरेका किरण श्रेष्ठ मानसिक तनावमा परेका छन् । 

 श्रेष्ठ एक प्रतिनिधि पात्र हुन्, यसरी पुनः श्रम स्वीकृति नदिएका कारण सयौं कामदार पीडित छन् । बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले यसरी काम सन्तोषजनक भएका कारण पुनः श्रम स्वीकृति माग गरेकाहरूको हकमा निर्णय गरिदिन बैदेशिक रोजगार विभागमा पत्र पठाएको छ । विभागले पनि सकारात्मक ढंगले यसलाई हल गर्ने बताइरहेको छ ।

तर निर्णय गर्न ढिलाइ हुँदा धेरै कामदारहरूलाई मर्का परेको छ । कामदारको यस्तो जटिल समस्याका बारेमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टसंग प्रतिक्रिया लिनका लागि २०७५ भदौ १० गते अपराह्न ४.२७ बजे उनको मोवाइल नम्बर ९८५११३१४७१ मा ३ पटक प्रयास गर्दा पनि उनले रिसिभ गरेनन् ।