काठमाडौं । देशको राजधानी काठमाडांै महानगरपालिकाका एक आठांंै तहका कर्मचारीले ३ बर्षमा २८ पटकसम्म विदेश भ्रमण गरेका छन् । आठौं तहका कर्मचारीले नै विनाकाम बर्षमा १० पटकसम्म विदेश सयर गर्छन् भने उक्त नगरपालिकाको बजेट कसरी भ्रष्टाचार हुन्छ सहजै अनुमान गर्न सकिन्छ ।
ती आठ तहका कर्मचारी हुन् ज्ञानेन्द्रबहादुर कार्की । कार्कीले बिना उद्देश्य १०÷१५ दिनको फरकमा २०१५ मार्च १५, २०१६ जनवरी १६ देखि २०१७ अक्टुुबर ९ सम्मका विभिन्न मितिमा २८ पटक विदेश भ्रमण गरेका छन् । भारतका लुदियाना, पुनेसहित ५ पटक र इजिप्ट, मालदिभ्सलगायतका देशहरूमा ४ पटकभन्दा बढी भ्रमण गरेका छन् ।
२०१५ भन्दा अघि पटक पटक गरी ११ पटक निजी बिदा लिई वा नलिई वैदेशिक भ्रमणमा गरेका छन् । उनले महानगरपालिकाको स्रोत साधन दुरुपयोग गरी विदेश भ्रमण गरेकाले कारबाही गर्न माग गर्दै प्रमाण र कागजसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०७५ असार ३२ मा उजुरी परेको छ ।
दर्ता नम्बर २२८६७ रहेको उक्त उजुरीमा उनले विदेश भ्रमण गरेको अवधिको बिदा साथै र त्यसरी भ्रमणमा जाँदा खर्च गरिएको स्रोतको विषयमा अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाई कानून बमोजिमको हदैसम्मको कारवाही गर्न अनुरोध गरिएको छ । सार्वजनिक पदधारण गरेका व्यक्तिबाट हुने यस्तो प्रकारको पदको दुरुपयोग तथा स्रोतको दोहनलाई नियन्त्रण गरी सुशासन तथा सामाजिक न्याय कायम गर्न उजुरीकर्ताले माग गरेका छन् ।
ज्ञानेन्द्रबहादुर कार्की पटक पटक विदेश जाँदा कतिपय अवस्थामा महानगरलाई खर्च बेहोर्न लगाएका छन् भने कतिपय अवस्थामा ठेकेदारबाट कमिसन लिएर जाने गरेको उजरीमा दावी गरिएको छ ।
महानगरपालिकाका ठेकेदारहरूबाट खर्च लिएर उनी घरबिदा लिई विदेश भ्रमणमा जाने गरेका थिए । भूकम्प आएको बेला पनि उनी क्यानडाको सयरमा थिए । महानगरपालिकको टोलीमा केही अरु ब्यक्तिलाई लाखौं रुपैयाँ लिएर क्यानडा छाडेको आरोप कार्की र हरिबहादुर कुँवरलाई लागेको थियो ।
महानगरपालिकाको स्रोत साधनमा विगत १० बर्षदेखि एकछत्र रजाई गर्दैआएका कार्कीलाई पछिल्लो समयमा सरकारले खटाएका प्रमुख प्रशासकीय अधिकृत यादव कोइरालाले लगाम लगाउन थालेका छन् । उनले मासिक लाखौं घुस लिने गरेको सुन्धारा कुरुप पार्दै मम र सेकुवा बेच्ने स्टलहरू कोइरालाले डोजर लगाएर भत्काइदिएका छन् ।
धरहरा कुरुप पारी साइडवाकर्सलाई मम र सेकुवा बेच्न दिएर कार्कीले मासिक लाखौं रुपैयाँ घुस संकलन गर्दैआएका थिए । कार्कीलाई यसरी मनपरी विदेश भ्रमणको स्वीकृति दिने काम तत्कालीन कार्यकारी अधिकृत रुद्रसिंह तामाङले गरेका थिए । तामाङले कार्कीका नातेदारलाई विभिन्न देशका सहरहरूमा सद्भावना दूतमा नियुक्ति गरेको आरोप पनि छ । ती सद्भावना दूूत मध्ये कतिपयको काम म्यानपावर सप्लाई हुँदैआएको छ ।



