🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनाको चेतावनी : ‘तथ्यहीन प्रचार नगर्नू, अराजक गतिविधि निगरानीमा छ’

काठमाडौं । नेपाली सेनाले आफ्नो संस्था र नेतृत्वलाई जोडेर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रसारण भइरहेका तथ्यहीन सूचना, टिप्पणी र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

२०८३ वैशाख ११ गते १६ः१० बजे जंगी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयबाट जारी प्रेस नोटमार्फत सेनाले कपोलकल्पित र भ्रम सिर्जना गर्ने सामग्री प्रसारण नगर्न/नगराउन स्पष्ट अपिल गरेको हो ।

सेनाले यस्ता आधारहीन सामग्रीले आम नागरिकमा भ्रम फैलाउने भन्दै त्यसप्रति सचेत रहन आग्रह गरेको छ । प्रेस नोटमा नेपाली सेना र सम्बन्धित निकायहरूले यस्ता उच्छृङ्खल तथा अराजक गतिविधिको नियमित निगरानी गरिरहेको उल्लेख गर्दै यस्तो कार्यमा संलग्न व्यक्तिहरू प्रचलित कानुनको दायरामा रहने चेतावनीसमेत दिइएको छ ।

सेनाले आम जनमानसलाई आधारहीन र द्वेषपूर्ण समाचार तथा टीका–टिप्पणीमा विश्वास नगर्न पनि आग्रह गरेको छ । आधिकारिक सूचनाका लागि नेपाली सेनाबाट जारी हुने प्रेस विज्ञप्ति, आधिकारिक सामाजिक सञ्जाल, वेबसाइट तथा जनसम्पर्क तथा सूचना निर्देशनालयसँग समन्वय गर्न अनुरोध गरिएको छ ।

यो अपिलले पछिल्लो समय सेना र सैनिक नेतृत्वलाई लक्षित गर्दै फैलाइएका सूचनामाथि जंगी अड्डा संवेदनशील बनेको संकेत गरेको छ । प्रेस नोटको भाषा हेर्दा सेना केवल खण्डनमा सीमित छैन, गलत सूचना फैलाउनेहरूलाई कानुनी दायरामा ल्याउने चेतावनीसहित अघि बढेको देखिन्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ