🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भ्रामक समाचारप्रति नेपाली सेना आक्रोशित

काठमाडौं । नेपाली सेनाले आफू र आफ्नो नेतृत्वलाई जोडेर विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा तथ्यहीन सूचना, अभिव्यक्ति र टीका–टिप्पणीहरू प्रसारण भइरहेको भन्दै गम्भीर आपत्ति जनाएको छ।

जंगी अड्डास्थित जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको प्रेस नोटमार्फत सेनाले यस्ता कपोलकल्पित सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्ने काम गरिरहेको उल्लेख गरेको छ। सेनाले त्यस्ता भ्रामक सामग्री प्रसारण नगर्न/नगराउन आग्रहसमेत गरेको छ।

सेनाले आफ्ना सम्बन्धित निकायहरूले यस किसिमका उच्छृंखल तथा अराजक गतिविधिहरूको नियमित निगरानी गरिरहेको जनाएको छ। साथै, यस्तो कार्यमा संलग्न व्यक्तिहरू प्रचलित कानुनको दायरामा आउने चेतावनी पनि दिएको छ।

नेपाली सेनाले आम जनमानसलाई आधारहीन र द्वेषपूर्ण समाचार तथा टिप्पणीहरूमा विश्वास नगर्न आग्रह गरेको छ। आधिकारिक सूचनाका लागि सेनाबाट प्रकाशित प्रेस विज्ञप्ति, सामाजिक सञ्जाल, वेबसाइट तथा जनसम्पर्क तथा सूचना निर्देशनालयसँग समन्वय गर्न सेनाले अनुरोध गरेको छ।

सेनाको यो अपिलले पछिल्लो समय सेना र नेतृत्वलाई लक्षित गरी फैलाइएका सूचनाप्रति जंगी अड्डा असन्तुष्ट मात्र होइन, सतर्क र कडा रूपमा अघि बढ्ने संकेतसमेत दिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ