🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रेडक्रसलाई एम्बुलेन्स र विद्यालयलाई बस

बनियानी, झापा, ३० साउन (रासस) : ७२ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासले नेपाल रेडक्रस सोसाइटी झापा र एक विद्यालयलाई आज सवारीसाधन प्रदान गरेको छ । 

रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स र भद्रपुर नगरपालिकास्थित हिमाली उच्च मावि पृथ्वीनगरको विद्यालयलाई एक बस प्रदान गरेको जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । 

“एउटा झापा शाखा र एउटा गौरादह उपशाखालाई प्राप्त भएको छ”, उनले भने, “यसले विपद् व्यवस्थापनमा सहयोग मिल्नेछ ।” भारत सरकारले नेपालभर ३० वटा एम्बुलेन्स प्रदान गरेको छ जसमा तीन जिल्लाका रेडक्रस परेका छन् । झापा रेडक्रसलाई दुई थान, चितवन र धनुषा रेडक्रसलाई एक-एक थान एम्बुलेन्स प्रदान गरिएको सभापति ढकालले जानकारी दिए । 
–––