🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

घुससहित यातायातका कर्मचारी पक्राउ

काठमाडौँ, २८ साउन (रासस)  : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय रुपन्देही बुटवलमा कार्यरत मेकानिकल इञ्जिनियर सरोजकुमार शाहलाई रु २० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । 

नयाँ सवारी साधन दर्ताका क्रममा साहले सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने अभियोगमा आयोगको टोलीले पक्राउ गरेको हो । आरोपी साहको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

यस्तै आयोगले आजै धोविनी गाउँपालिका पर्सामा कार्यरत नायब सुब्बा एनामुल अन्सारी र लेखापाल कृष्णनन्दन राय यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरु विरुद्ध सडक ढलान र नाला निर्माण सम्पन्न भएपश्चात् रकम भुक्तानी दिँदा रु एक लाख १० हजार घुस मागेको अभियोग लागेको छ । आयोगको टोलीले नायब सुब्बा अन्सारी र लेखापाल यादवलाई घुस लिँदालिँदै कार्यालय परिसरबाटै केही दिन पहिले पक्राउ गरेको थियो ।