🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अस्पतालमा आगलागी हुँदा नौ जनाको मृत्यु, १६ जनालाई हर्ट एट्याक

ताईपेई, २८ साउन : ताइवानको राजधानी ताइपेईस्थित एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको अग्नी नियन्त्रकहरूले पुष्टि गरेका छन् । ताइवानी सरकारी समाचार संस्थाले दिएको जानकारी अनुसार ३३ विरामीसहित ४४ जना अस्पतालभित्र रहेको समयमा नौतले सरकारी अस्पतालको सातौँ तलाबाट शुरु भएको आगलागीपछि अस्पताललाई खाली गरिएको छ ।

आगलागीबाट फैलिएको धुवाँको मुस्लोका कारण १६ जना विरामीलाई हृदयघात भएको थियो भने सात जना उपचारपछि सामान्य अवस्थामा आएका छन्, सरकारी समाचार संस्थाले स्थानीय अस्पताल स्रोतलाई उद्धृत गरी जनाएको छ ।

आगलागीको कारण खुलेको छैन । अस्पतालमा रहेको विद्युतीय सामानमा भएको विद्युतीय गडबडीपछि आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान रहेको अग्नी नियन्त्रक हुङ लियाङ चेनले बताए ।

आगलागीको कारण अस्पतालको विद्युतीय खाट वा विरामी कुरुवाले प्रयोग गर्ने हावा भर्ने विद्युतीय तन्नामा गडबडीका कारण भएको हो अनुसन्धान भइरहेको छ, चेनले भने । स्थानीय समयानुसार सोमवार बिहान ४ः३६ बजे न्यू ताइपेई सिटीस्थित अस्पतालको सातौँ तलाबाट सो आगो फैलिएको थियो ।

राज्यद्वारा सञ्चालित सेन्ट्रल न्यूज एजेन्सीका अनुसार आगो सुरु भएको वार्डमा धूवाँ बाहिर निकाल्ने उपकरण नभएको पाइएको प्रहरीले जनाएको छ । सन् २०१२ मा एउटा अस्पतालमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको थियो भने कम्तीमा पनि ६० जना घाइते भएका थिए ।