🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बागमती मन्त्रिपरिषद् बैठक : मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा खनाल

मकवानपुर, १० वैशाख : बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुरको बकैया गाउँपालिका– ५ का दामोदर खनाललाई नियुक्त गरेको छ ।

सोही बैठकबाट सूचना प्रतिवेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी र सदस्यमा मकवानपुरका अशोक श्रेष्ठ नियुक्त हुनु भएको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी
दिनुभयो ।

यसैगरी, सो बैठकले स्वास्थ्य सेवामा कार्यरत ११औँ तहका वरिष्ठ अधिकृत डा अर्जुन सापकोटाले दिनुभएको राजिनामा स्वीकृत गर्ने निर्णय गरेको छ । उक्त बैठकले बागमती प्रदेश विश्वविद्यालयको सदस्य पदमा डा प्रेमनारायण अर्याललाई नियुक्त गरेको छ । बैठकले प्रदेशमा निजामती कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन नीतिलाई स्वीकृत प्रदान गरेको छ ।

प्रवक्ता तामाङका अनुसार सोही बैठकले शैक्षिक छात्रवृत्ति निर्देशिका २०७२ लाई स्वीकृत प्रदान गर्नुका साथै नमोबुद्ध क्षेत्र विकास समितिको अध्यक्षमा शङ्ख बुद्धलामालाई नियुक्त गरेको छ । बैठकले त्रिभुवन पार्क व्यवस्थापन तथा सञ्चालनसम्बन्धी पहिलो संशोधन गठन आदेशलाई स्वीकृत गरेको छ । बैठकले प्रदेश प्रवद्र्धन पहिलो मस्यौदा ऐन २०८३ र प्रदेश राष्ट्रिय वन ऐन २०८३ लाई प्रदेशसभामा पेस गर्न स्वीकृत गरेको छ । बैठकले गरिबी निवारण नीति २०८२ लाई पनि स्वीकृत गरेको छ ।

यसैगरी, उक्त बैठकबाट बागमती प्रदेशमा समस्याग्रस्त सहकारी संस्थाका पदाधिकारी तथा सदस्यहरुले दिनुभएको राजीनामा गत माघ ५ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ । सोही बैठकले प्रदेशका सचिवको जिम्मेवारीमा हेरफेर गर्दै बागमती प्रदेशका सहकारी तथा गरीब निवारण मन्त्रालयको सचिवमा खुसीराम अधिकारीलाई तोक्ने निर्णय गरेको प्रवक्ता तामाङले बताउनुभयो । उक्त बैठकले स्थानीय तहमा वित्तीय अनुदान रकम वितरण निर्देशिकालाई समेत स्वीकृत गरेको छ । –––

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ