🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विदेश पठाउने भन्दै ४८ लाख बढी ठगीको आरोपमा तीन जना पक्राउ

काठमाडौँ, ९ वैशाखः वैदेशिक रोजगारीमा विदेश पठाउने भन्दै ४८ लाख १३ हजार ७१० रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका–२ घर भई हाल काठमाडौँ–१५ डल्लु बस्ने ३२ वर्षीय शक्ति लामा, उदयपुर त्रियुगा नगरपालिका–१० घर भई हाल काठमाडौँ चन्द्रागिरि बस्ने ४९ वर्षीय विष्णु बुढाथोकी तथा काठमाडौँ कीर्तिपुर नगरपालिका–१० बस्ने २८ वर्षीया सुस्मिता महर्जन रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “लामाले अजरवैजान र फिजी पठाउने भन्दै  २६ लाख ६३ हजार ७१० रुपैयाँ, बुढाथोकीले ब्रुनाई पठाउने भन्दै  चार लाख ५० हजार रुपैयाँ तथा महर्जनले अष्ट्रिया पठाउने भन्दै  १७ लाख रुपैयाँ लिई विदेश नपठाई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”
पक्राउ परेकामध्ये शक्ति लामाको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङबाट बिगो रकम पाँच लाख रुपैयाँ भएको बैङ्किङ कसुर मुद्दामा फरार रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई आज थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ