🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

इलाम गोल्डकप : मोरङलाई ५–२ गोलअन्तरले हराउँदै मछिन्द्र फाइनलमा

मङ्गलबारे (इलाम), ९ वैशाख : मछिन्द्र फुटबल क्लब इलाममा जारी तेस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा पथरी ११ मोरङलाई ५–२ गोलअन्तरले हराउँदै मछिन्द्रले फाइनल यात्रा तय गरेको हो । मध्यान्तर अगाडिको खेलमा मछिन्द्रका मिलन चाम्लिङ राईले १२औँ मिनेटमा पहिलो गोल गरेका थिए । पथरी ११ का मौसम लिम्बूले १६औँ मिनेटमा जवाफी गोल गरेका थिए । यस्तै खेलको ३०औँ मिनेटमा मिलनले अर्को गोल गरेका थिए ।

मध्यान्तरपछिको खेलमा मच्छिन्द्रका सौरभ लिम्बू, अविनाश स्याङताङ र श्याम मुर्मुले गोल गरे । पथरीका सुजल डङ्गोलले आफ्नो टोलीका लागि दोस्रो गोल गरे । खेलको म्यान अफ दी म्याच मच्छिन्द्रका मिलन चाम्लिङ राई घोषित भए । उनले रु आठ हजार एक नगद र ट्रफी प्राप्त गरे ।

बिहीबार दोस्रो सेमिफाइनल खेल एनआरटी र रोलिङ क्लब धुलाबारी झापाबीच हुने आयोजक रेडहर्ष फुटबल क्लबले जनाएको छ । यही वैशाख १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ । विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार पाउने छ । –––

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ