🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाजुराको कोल्टीबाटै नागरिकता वितरण कार्य प्रारम्भ

बाजुरा । बाजुराको कोल्टी बाटै नागरिकता वितरण कार्य प्रारम्भ भएको छ । इलाका प्रशासन कार्यालय कोल्टीबाटै नागरिकता वितरण भएपछि कुन्ना क्षेत्रका बासिन्दाले नागरिकताको लागि मार्तडीसम्म धाउने अवस्थाको अन्त्य भएको हो ।

दुर्गमका क्षेत्रका नागरिकलाई सहजता प्रदान गर्ने उद्देश्यसहित बाजुराको पूर्वी उत्तरी क्षेत्रको बुढी नन्दा नगरपालिका कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गरी नागरिकता वितरण लगायतका कार्य सञ्चालन गरिएका छन् ।

यस अघि माथिल्लो क्षेत्रका नागरिक न्यूनतम १५ हजार खर्चेर नागरिकता लगायतका काममाज गर्ने मार्तडी पुग्ने गरेका थिए । अब त्यो झन्झटको अन्त्य भएको हो । बर्षातको समयमा माथिल्लो क्षेत्रका नागरिकलाई झनै सास्ती हुने गरेको थियो ।

नयाँ वर्षको अवसर पारेर कोल्टीमा वैशाख १ गते गृह मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख काली प्रसाद पराजुलीले औपचारिक रूपमा कार्यालयको उद्घाटन गरेका थिए । कोल्टीमा इलाका प्रशासनसहित मालपोत र नापी कार्यालय समेत सञ्चालन ल्याइएको थियो ।

माथिल्लो क्षेत्रबाट नियमित सेवा प्रवाह हुँदा त्यहाँका नागरिकलाई नागरिकता लगायतका कामकाजमा सहजता थपिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । इलाका प्रशासन कार्यालय कोल्टी बाट नागरिकता सेवा, राष्ट्रिय परिचय पत्र सङ्कलन लगायतका सेवा प्रवाहले दुर्गमका नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको उनले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ