🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर, ८ वैशाख : ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ । आज पुलचोकबाट तानेर रातो मच्छिन्द्रनाथको रथ गाबल पुर्‍याइएको छ ।

वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथको देवतालाई गत शनिबार ३२ हात अग्लो रथमा बिराजमान गराइएको थियो । तिथिअनुसार आज पुलचोकबाट रथ तानेर गाबल पुर्‍याइएको हो ।

गुठी संस्थानका अनुसार आज रातो मच्छिन्द्रनाथलाई मीननाथ देवताले स्वागत गर्दै गाबलसम्म ल्याइएको हो । बुधबारदेखि रातो मच्छिन्द्रनाथको रथ अगाडि लाग्नेछ भने मिननाथ देवताको सानो रथ पछि लाग्नेछ ।

रथ गाबल, सुन्धारा, लगनखेल हुँदै ठटीटोल पुर्‍याइनेछ । ठटीटोलमा पुगेपछि जात्राको पहिलो चरण सम्पन्न हुने मच्छिन्द्रनाथ मृदङ्ग भजनमण्डलका सदस्य प्रद्युम्न श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार लगनखेलबाट करिब सय मिटर अगाडि रथ तानेर पोडेटोलमा नरिवल फुटाउने र त्यसको भोलिपल्ट महिलाले रथ तान्ने परम्परा रहेको छ ।

ठटीटोलमा रथ विश्राम गरेपछि बिहीबार पात्रो हेरिन्छ र तिथिअनुसार एकदेखि करिब दुई महिनासम्म रथ त्यहीँ रहन सक्छ । त्यसपछि तिथिअनुसार रातो मच्छिन्द्रननाथको रथलाई पश्चितर्फ तानिन्छ । कुमारीपाटी हुँदै जावलाखेलस्थित ललितमण्डप पुर्‍याएको चौथो दिन ‘भोटो देखाउने’ प्रचलन रहेको छ । —

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ