🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकार हमाललाई ‘गोल्डमेडल’

काठमाडौँ, ८ वैशाख : गोरखापत्र राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार चाँदनी हमालले पूर्वाञ्चल विश्वविद्यालयबाट ‘गोल्ड मेडल’ प्राप्त गर्नुभएको छ ।

आमसञ्चार तथा पत्रकारिताअन्तर्गत स्नातकोत्तर तहमा उत्कृष्ट नतिजासहित विश्वविद्यालयमै प्रथम भएपछि उहाँलाई पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहमा आज उक्त स्वर्ण पदक प्रदान गरिएको हो ।

उहाँलाई विश्वविद्यालय परिसर मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा आज आयोजित एक समारोहमा शिक्षामन्त्री सस्मित पोखरेललगायत अतिथिहरूले उक्त मेडलसहित सम्मान प्रदान गर्नुभयो ।

काठमाडौँस्थित कान्तिपुर सिटी कलेजको ‘ब्याच २०२२’ की छात्रा पत्रकार हमालले ३.५७ जिपिए अङ्कसहित ‘एमएएमसिजे’ कार्यक्रममा विश्वविद्यालय टप गर्नुभएको हो ।

पत्रकार हमालले चारवटा विषयमा (आमसञ्चारसहित राजनीतिशास्त्र, समाजशास्त्र, कानुन) मा स्नातकोत्तर गरिसक्नुभएको छ भने सार्वजनिक प्रशासनमा अध्ययनरत हुनुहुन्छ । विगत ८ वर्षदेखि काठमाडौँस्थित गोरखापत्र संस्थानमा आबद्ध पत्रकार हमालको पत्रकारिता यात्रा विगत २७ वर्षदेखि जारी छ ।

उहाँले पत्रकारिता गरिरहँदा गत वर्ष अमेरिकाबाट भिजिटर लिडरसिपमा मिसइन्फरमेसन र डिसइन्फरमेसन तथा एआईसम्बन्धी एकमहिने कोर्स गर्नुभएको छ । त्यसको अघिल्लो वर्ष युरोपियन युनियन मानव अधिकार पुरस्कार प्राप्त गर्नुभएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ