🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पर्ख र हेर नीतिमा सलमान खान

मुम्बई । बलिउड बक्सअफिसमा पछिल्लो केही समय अधिकांश फिल्मले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । गत जनवरीमा शाहरुख खानको फिल्म ‘पठान’ रिलिज भएपछि धेरैले बलिउडका लागि आउँदो समय सुखद रहने अनुमान लगाएका थिए ।

यो फिल्म बक्सअफिसमा सुपरहिट साबित भएपछि धेरैको अनुमान अन्य फिल्म पनि सफल नै हुने भन्ने थियो । तर, यो अनुमान केवल अनुमान मात्रै  रह्यो । किनकी अभिनेता सलमान खानको फिल्म ‘किसी का भाई किसी का जान’ ले बक्सअफिसमा सोचेजस्तो व्यापार गर्न सकेन । यो फिल्मलाई धेरैले ‘मसाला इन्टरटेनर’ भने भने यसको समीक्षा पनि सुखद आउन सकेन ।

आफ्नो फिल्म असफल भएपछि अहिले सलमानले कठोर निर्णय लिएका छन् । उनी अब आगामी फिल्ममा ‘पर्ख र हेर’को नीति अपनाउने योजनामा छन् । सलमानले अब कुनै पनि नयाँ फिल्ममा हस्ताक्षर नगर्ने निर्णय लिएका छन् । उनलाई हालसम्म ठूला बजेटको ६ फिल्मबाट अफर आइसकेको छ । तर उनले कुनैमा पनि अभिनयको स्वीकृति दिएका छैनन् ।

सलमान यतिबेला नयाँ फिल्म ‘टाइगर ३’को प्रतिक्षामा छन् । यो फिल्मबाट प्राप्त प्रतिक्रिया पछि मात्र उनले आगामी फिल्ममा अभिनय गर्ने वा नगर्ने भन्ने निर्णय लिनेछन् । उनी आगामी इदमा आफ्नो कुनै नयाँ फिल्म रिलिज नगर्ने मनस्थितिमा पुगिसकेका छन् ।