🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्रामा अघि सारेको छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतको फैसलाले पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताएका छन् । मिति २०८३ वैशाख ५ गते शनिबार सामाजिक सञ्जालमार्फत् उनले सर्वोच्चको फैसला कुनै जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय भएको बताएका हुन् ।

‘सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ । यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

सभापति थापाले सर्वोच्च अदालतको पछिल्लो निर्णयले पार्टीभित्र एकता मजबुत बनाउने वातावरण सिर्जना भएको बताए । उनले पार्टीका सबै नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई एकताबद्ध भएर पार्टी सुदृढीकरणको यात्रामा अघि बढ्न आह्वान गरेका छन् ।

सभापति थापाले देशभित्र तथा बाहिर रहेका समर्थकहरूले आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्दै पार्टीको पुनर्जागरणमा योगदान पुर्याउने विश्वास व्यक्त गरे । साथै, सभापतिको हैसियतले यस प्रक्रियामा आफ्नो जिम्मेवारी सबैभन्दा ठूलो रहेको स्पष्ट पार्दै सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाए ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ–आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ । पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु ।’

उनले पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै महाधिवेशनलाई सफल बनाउँदै पार्टी रूपान्तरण र सुदृढीकरण गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

अग्रजहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल निर्माणमा योगदान दिन सक्ने पार्टी निर्माणका लागि सबै एकजुट हुनुपर्ने सभापति थापाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *