🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अभिभावकको अनुमति बिना बालबालिका ओसारपसार ! १५ जनाको उद्धार

त्रिवेणी (रुकुम पश्चिम), ३ वैशाख : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाबाट गैरकानुनी रूपमा बर्दिया लैजान लागिएका १५ जना बालबालिकाको उद्धार गरिएको छ ।

राष्ट्रिय बहाई समुदाय नामक संस्थाले सानीभेरी-४ का १५ जना बालबालिकालाई १० दिने नैतिक शिक्षा सिकाउने भनी बर्दिया लैजान लागिएका बालबालिकाको आज बिहान उद्धार गरिएको हो ।

गाडीमार्फत लैजान लागिएका उनीहरूलाई वडाको स्यालबासे भन्ने स्थानबाट बिहान ७ः०० बजेतिर सानीभेरी गाउँपालिकाको पहलमा उद्धार गरी अभिभावकको जिम्मा लगाइएको गाउँपालिकाका बालकल्याण अधिकारी मानवीर ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार १५ जना बालबालिकालाई सम्बन्धित अभिभावकको लिखित मन्जुरी नलिइ, वडा कार्यालयसँग कुनै पनि समन्वय नगरी तथा गाउँपालिकामा कुनै जानकारी नगराइ गैरकानुनी रूपमा बर्दिया लैजाँदै गरेको अवस्थामा वडा नं ४ समेतको समन्वयमा प्रहरीले उद्धार गरेको हो ।

पालिकाका बालकल्याण अधिकारी ओलीको सहजीकरणमा बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ । पन्ध्र जना बालबालिकामध्ये नौ जना बालक र छ जना बालिका रहेका ओलीले जानकारी दिनुभयो । तीमध्ये १३ वर्षदेखि १७ वर्षसम्मका बालबालिका रहेका उहाँको भनाइ छ ।

कुन प्रयोजनका लागि लैजान लागिएको हो, कानुनी प्रक्रिया किन पूरा गरिएनलगायत विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *