🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शिवपुरीमा भीरबाट खसेका दुई बालककाे नेपाली सेनाद्वारा सकुशल उद्धार

काठमाडौँ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज घुम्न गएका खोटाङ जिल्लाका दुई बालक भीरबाट चिप्लिएर करिब ३० मिटर तल खोलामा खसेपछि नेपाली सेनाले सकुशल उद्धार गरेको छ।

नेपाली सेनाका अनुसार २०८३ वैशाख १ गते निकुञ्ज क्षेत्रमा घुम्ने क्रममा ती दुई बालक चिप्लिएर तल झरेका थिए। उनीहरू खोलाको बीचतिर रहेका ढुङ्गामा अड्किएको अवस्थामा भेटिएका थिए । घटनापछि चन्दननाथ गणबाट खटिएको उद्धार टोलीले तत्काल घटनास्थलमा पुगेर दुवै बालकलाई सुरक्षित रूपमा बाहिर निकालेको जनाएको छ।

उद्धारका क्रममा भीरालो र जोखिमपूर्ण भू–भागका कारण कठिनाइ भए पनि सेनाको टोलीले आवश्यक सावधानी अपनाएर दुवै जनालाई सकुशल उद्धार गर्न सफल भएको बताइएको छ। उद्धारपछि उनीहरूको अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जजस्तो भीरपाखा, उकालो–ओरालो र खोल्साखोल्सी भएको क्षेत्रमा घुम्न जाँदा विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता यस घटनाले फेरि स्मरण गराएको छ। विशेषगरी बालबालिकासँग यात्रा गर्दा अभिभावकले थप सतर्कता अपनाउनुपर्ने देखिएको छ।

यस घटनाले समयमै उद्धार संयन्त्र परिचालन भएमा सम्भावित ठूलो दुर्घटना टार्न सकिने सन्देश पनि दिएको छ। स्थानीय स्तरमा उद्धार तथा समन्वय क्षमता सबल हुनु कति आवश्यक छ भन्ने कुरा यो घटनाले स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *