🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रताप दासको ‘धोका’ मा स्मारिका र सुशान्तको अभिनय

काठमाडौँ । गायक प्रताप दासको स्वर रहेको धोका बोलको गीतको भिडियो रिलिज गरिएको छ । विष्णु भण्डारीको शब्द सृजना रहेको सार्वजनिक गीतमा सरोज पोखरेलको संगीत रहेको छ ।

दिवेश राईको एरेन्ज तथा मिक्सिङ मास्टरिङ रहेको गीतमा दिनेश पराजुलीको कोरियोग्राफी रहेको छ । स्मारिका ढकाल र सुशान्त ढकालको अभिनय रहेको धोकाको निर्देशन केशवराज भट्टले गरेका हुन् ।

प्रेममा हुने धोका र त्यसपछि लिइने बदलाको कथालाई रोचक बनाउन स्मारिकालाई डबल रोलमा देखाइएको छ ।

सार्वजनिक गीतको भिडियो संगीतकार सरोज पोखरेलको अफिसियल च्यानल सरोज पोखरेलबाट बजारमा आएको हो । मोडल सुशान्तले यसअघि निधारैमा टिकी, दिलमाया, तिम्रो माया, एक चोटी त बोलीदेउलगायत चार दर्जन बढी भिडियोमा अभिनय गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *