काठमाडौं, १ वैशाख । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-६ तियारी टोलमा भारत घर भएका दिलानाथ यादवले संचालन गरेको श्रीडाईङ उद्योग धागो कारखानामा चैत ३० गते सोमबार राति आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-१ ढक्का बस्ने शिवजी रानाको घरमा विद्युत सर्ट भई २०८३ चैत ३० गते सोमबार बिहान आगलागी हुँदा करिब २ लाख ८५ हजार ५ सय रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बारा, पचरौता नगरपालिका-८ बाजोपट्टी बस्ने छबीलाल राय यादवको गोठमा सोमबार साँझ आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
धनुषा, जनकपुरधाम उपमहानगरपालिका-७ माछाबजार बस्ने ६५ वर्षीया सिता शरण यादवको गोठमा चैत ३० गते सोमबार दिउँसो आगलागी हुँदा करिब १ लाख २० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
डडेलधुरा, भागेश्वर गाउँपालिका-४ बस्ने चन्दा नाथको पसलमा सोमबार साँझ आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब २ लाख ४० हजार १ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
पर्सा, सखुवा प्रसौनी गाउँपालिका-५ महुवन बस्ने संजय राम र मन्जय रामको घरमा विद्युत सर्ट भई गए राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रौतहट, बौधीमाई नगरपालिका-५ कोप्वा बस्ने ७० वर्षीय मोतिलाल साह तेलीको गोठमा सोमबार बेलुकी आगलागी हुँदा करिब ३ लाख ५४ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
झापा, बिर्तामोड नगरपालिका-४ आनन्दरगज बस्ने भक्ति प्रसाद उप्रेतीले संचालन गरेको झापाली चिप्स फ्याक्ट्री र चन्द्र प्रसाद खरेलले संचालन गरेको सौगात काष्ठ फर्निचरमा २०८३ वेशाख १ गते मंगलबार बिहान आगलागी हुँदा करिब ८० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।




