🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, १ वैशाख : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षले सबैमा नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

नयाँ वर्ष २०८३ को आज शुभकामना सन्देश दिँदै उहाँले नयाँ वर्षले विगतका कतिपय असमझदारी, निराशा र अवरोधहरूलाई चिर्दै व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवनलाई समुन्नत बनाउने दिशामा अघि बढ्न प्रेरणाको कामना गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले नयाँ पुस्ताको सक्रिय सहभागिता, नवीन सोच र प्रविधिको प्रभावकारी प्रयोगमार्फत पार्टीलाई समयानुकूल रूपान्तरण गर्नु पनि अहिलेको आवश्यकता रहेको बताउनु भएको छ । उहाँले समर्पण, व्यापक एकता र सकारात्मक सोचका साथ पुनः जनताको विश्वास जित्ने दृढ सङ्कल्पसहित अघि बढ्न सबैमा आह्वानसमेत गर्नुभएको छ ।

सन्देशमा उहाँले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले देशको राजनीतिक परिदृश्यमा ठूलो फेरबदल ल्याएको उल्लेख गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले जनताको भावना, अपेक्षा र असन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात् गर्दै जनमुखी कार्यक्रम एवं कार्यशैलीलाई प्राथमिकतामा राख्नु अहिलेको आवश्यकता रहेको सन्देशमा उल्लेख गर्नुभएको छ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *