🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौँ, २४ चैत (रासस) : टीकापुर घटना राजबन्दी पीडित परिवार संघले राजनीतिक घटनामा संलग्न भएको आरोपमा थुनिएका दुई नाबालकसहित २६ जनालाई तत्काल रिहाइ गर्न माग गरेको छ । 

यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका संयोजक धनकुमार चौधरीले घटनाबारे तयार पारिएको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग आग्रह गर्दै भने, “विसं २०७२ भदौ ७ गतेको घटनाका बारेमा सबैले आवाज उठाउँछन् तर भदौ ८ गतेको बारेमा कोही बोल्दैनन्, ८ गते कफ््र्यु लागेको थियो, प्रहरीकै आडमा छानीछानी थारुका घरमा आगो लगाइयो, लुटपाट गरियो, सम्पत्ति जफत गरियो, थारु चेलीबेटी र श्रीमतीमाथि बदनियतपूर्ण व्यवहार गरियो, यस्तो स्थितिमा पनि मानवअधिकारवादी बोलेनन्, आजको दिनसम्म पनि बोलेका छैनन् ।” 

नेपाल आदिवासी जनजाति महासंघ कञ्चनपुरका अध्यक्ष प्रेमवती रानाले टीकापुर घटनाका बारेमा सरकारबाट आधिकारिक धारणा सार्वजनिक नगरिनु दुःखद भएको बताए  । संघले कैलाली क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई विजयी प्रमाणपत्र प्रदान गर्नुपर्ने, घटनाका आरोपितमाथिको मुद्दा फिर्ता गरी क्षतिपूर्ति प्रदान गर्नुपर्ने, भदौ ८ को दिन तोडफोड र जलाइएका सम्पत्तिको क्षतिपूर्ति प्रदान गर्नुपर्नेलगायत माग गरेको छ । 
–––