🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कम उमेरमै  हृदयाघात हुने  खतरा 

जुम्ला, २४ चैत (रासस) : वरिष्ठ मुटुरोग विशेष डा भगवान कोइरालाले जुम्लामा कम उमेरमा हृदयाघात हुने रोगको जोखिम बढेको बताएका  छन्  । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मनमोहन कार्डियो भास्कुलर थेरापी काठमाडौँद्वारा आयोजित दुईदिने मुटुरोग शिविरमा डा कोइरालाले भने , “शिविर सञ्चालनका क्रममा एक हजार १६८ बिरामीलाई उपचार सेवा दिइयो । त्यसमा अधिकांश बिरामी उच्च रक्तचापका छन्, जो कम उमेरका पर्छन् ।” दमका रोगी पनि त्यत्तिकै बढी भएको तथा बढीजसो यहाँ धूमपान सेवन गर्ने कारणले दम र मुटुरोग धेरै देखिएको तथा फोक्सो बिग्रने समस्या पनि त्यत्तिकै रहेको उनको भनाइ थियो । 

शिविरमा जाँच गरिएकामध्ये जटिल समस्याका ५० बिरामीलाई काठमाडौँ सिफारिश गरिएको छ । सिफारिश भएका बिरामीलाई शहीद गंगालाल हृदयरोग केन्द्र काठमाडौँमा रु एक लाख बराबरको उपचार सहयोग हुने बताउँदै उनले केही समयपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको सेवा जोडिने बताए  । हिमाली जिल्लामा नवनिर्मित ३०० शैयाको अत्याधुनिक भवन सञ्चालन भएको देख्न पाउने इच्छा रहेको बताउँदै उनले यसको विकासका लागि स्थानीयदेखि केन्द्रीय सरकारले प्रथामिकता दिनुपर्नेमा जोड थियो । 

शिविरबाट एक हजार २०० सेवाग्राहीले लाभ लिएकामा ६२ प्रतिशत महिलाले उपचार सेवा लिएको प्रतिष्ठानका डीन मोदनाथ मरहट्ठाले जानकारी दिए । प्रतिष्ठान जुम्लासँगको समन्वयमा सञ्चालित शिविरबाट जुम्लीको रु दुई करोड ४० लाख खर्च हुन जोगिएको छ । 

शिविर समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की र चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले प्रतिष्ठानको संस्थागत विकासका लागि स्थानीय सरकार प्रतिबद्ध भएको धारणा व्यक्त गरे । प्रतिष्ठानका डीन प्रा डा मरहट्ठाले कार्डियो भास्कुलर थेरापीलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मिलेर सेवा निरन्तरताका लागि अनुरोध गरेका छन् । मुटुरोग विशेषज्ञ डा कोइरालासहित सात जनाको टोलीले सेवा दिएको थियो । 
–––