🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मन्त्रीमण्डल बिस्तार अझै पर सर्यो। सोमबार हुने

चितवन, फागुन १२ \\      मन्त्रिमण्डल बिस्तार फागुन १४ गते सोमबार मात्र हुने भएको छ।

आज शनिबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार मन्त्रीमण्डल बिस्तार हुने बताए।

 
“भोलि बेलुकासम्म नाम पनि फाइनल हुन्छ। पर्सी फागुन १४ गते  सोमबार ३ बजे सपथ हुन्छ”, प्रचण्डले भने । 

एमाले स्थायी कमिटीको बैठकले मन्त्री चयन गर्ने जिम्मेवारी प्रधानमन्त्री तथा  पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । 

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको फागुन १० गते बिहीबारको बैठकले मन्त्रिमण्डलमा सहभागी हुने सदस्यको नामावली चयन गर्न अध्यक्ष प्रचण्ड तथा नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जिम्मेवारी दिएको छ।